बारा २८ बैशाख - सिमरौनगढ नगरपालिका नगरप्रमुख बिजय शंकर यादव जनतामा लोकप्रिय बन्दै गएकोछ ।भौतिक पूर्बधार , स्वास्थ , शिक्षा , र पर्यटन क्षेत्रमा बिकासका कार्यमा निरन्तरता दिदै आएका हुन । नगरपालिका हरेक वडामा नाला, निर्माण , सडक ढलान , आवस्यक ठाउँमा कालो पत्र , बिकासको कार्यमा निरन्तरता दिदा दिन प्रती दिन जनतामा लोक प्रिय बन्दै गएकोछ ।
त्यस्तै नगरबासीको दु: ख पीडा , गुनासो सुनेर समय मै समस्या समधान गरेर नगरबासीमा मीठो सम्बन्ध काय गर्नु भएकोछ । अभिभावकसंग निजी बिधालयले मनपरी पैसा असुल्ने पीडा बुझेर समयको परिवर्तन नयाँ टेक्नोलोजी अविस्कार संगै नगरपाकिकामा अभिभावकको चाहना अनुसार सामुदायिक बिधालयमा अग्रेजी मेडियम लागू गरी शिक्षा दिने योजना पनि बनाएको नगरप्रमुख बिजय शंकर यादवले बताउनु भएकोछ ।
सिम्रौनगढ ऐतिहाँसिक पर्यटकिय स्थल भएको हुनाले शहरको रुपमा बिकास गर्ने संघिय सरकार र प्रदेश सरकारमा पहल गर्नु भएको नगरप्रमुखले बताउनु भएकोछ । खन जोतमा पूर्बतात्बिक मुर्ति , जलेको चावल , बाकस र जलेका इट्ट जस्ता बस्तु निस्किने गर्दा ती बस्तुलाई सरक्षण गरि पर्यटन स्थलको रुपमा बिकास गरि रोजगारीको बाताबरण शृजना गरेर यूवालाई रोजगार बनाउने यादवले जनकारी गराइएकोछ।

बेटी पढाउ बेटी बचाउ अभियानमा प्रदेश सरकारको तर्फबाट ३ लाख र नगरपालिकाको तर्फबाट २ लाख थप गरि ५ लाखको सिमरौनगढ नगरपालिकामा जन्मेका छोरीको लागी जीवन बिमा नगरप्रमुखले गराउनु भएको थियो । यी सबै कार्यले जनतामा नगरप्रमुख यादवले लोक प्रिय यूवा नेता रहेको स्थानीयहरुले बताउछ ।