बारा १२ - जेष्ठ श्रीकान्त गुप्ता- बारामा २ जना कोरोनाबाट निको भएर घर फर्के पनि आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ। बारामा कोरोना संक्रमितको संख्या ३९ पुगे भएपछि जिल्लाका स्थानीयहरु त्रास र भयभीत बनेकोछ। रोल
महागढीमाई नगरपालिकाका विभिन्न वडामा बस्ने १८ बर्षका चार जना यूवामा , १९ बर्षका दुई जना, २० बर्षका तिन जनामा २४ बर्षका दुई जनामा , २५ बर्षका तीन जनामा २६ बर्षको एक जनामा ३० बर्षको एक जनामा , ३१ बर्ष १ एक जनामा ३६ बर्षका दुई जनामा ४० बर्षको एक जनामा र ५० बर्षको एक जनामा कोरोना पुष्टि भएकोछ। त्यस्तै प्रहरी कार्यालय बारामा कार्यरत एक जना प्रहरी जवानमा र कोतवालीमा एक जनामा गरि २३ जनामा कोरोना संक्रमित पुष्टि भएकोछ। उनीहरुलाई कलैया अस्पतालमा ल्याउने त्यारी भएइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकोछ।

महागढीमाई नगरपालिकामा २१ जना यूवाले भारतको विभिन्न स्थानबाट कामबाट फर्केर आएका हुन उनीहरुमा २१ जनामा कोरोना पुष्ट देखिएपछि जिल्ला प्रहरी कार्यालयले जिल्लामा झन कडाई गरेकोछ।

जिल्लामा प्रतेक दिन कोरोना संक्रमितको संख्या बढ्दै जादां घरबाट बाहिर निक्नु समस्या त छ्दैछ। तर आवस्यक खाधान्य सामग्री खरिद गर्न पसलमा पनि जान समस्या भएकोछ। स्थानीयहरु बताउछ।

भारतको विभिन्न स्थानबाट आएको नेपाली कमदारलाई सिमामा चेक जांच गरी कवराइनटाइनमा राख्ने आवस्यक देखिन्छ।