बारा - चैत २ - महागढीमाई नगरपालिकामा कक्षा ८ को जिल्ला स्तरी परिक्षा चौथो  दिन गणित बिषय परिक्षा शान्ति पूर्ण  सम्पन भएकोछ । 
महागढीमाई नगरपालिकाका  भित्री  १५  वटा बिधालयमा संचालित  जिल्ला स्थरी  परिक्षाको चौथो दिन गणित  बिषयको परिक्षामा नगरप्रमुख उपेन्द्र यादवले अनुगमन गर्नु भएकोछ ।  जसमा ४ वटा निजी र ११ वटा  सामुदायिक बिधालयमा अनुगमन गर्नु भएको हो । सामुदायिक बिधालयमा ८६४  जना र निजी बिधालयमा ६१ जना बिद्यार्थी हरुले परीक्षा सहभागी  रहेको थियो । जिल्ला स्तरी परीक्षा चैत ६ गते सम्पन्न सम्पन्न हुने नगरप्रमुखले बताउनु भयो । 
 

नगरप्रमुख यादव भने आधुनिक यूगमा  नयाँ टेक्नोलोजी नयाँ उपकरणको दिन प्रती दिन  अविस्कार हुदैछ । देश र बिदेशमा पनि जान  अंग्रेजी भाषाको आवश्यकता पर्छ ।  देश र  बिदेशबाट नगरपालिका भित्री आउने पर्यटकसंग कुरा कानी गर्न  पनि  अग्रेजी भाषाको आवश्यकता रहेको देखिन्छ ।  त्यसकारण नगरपालिका भित्री रहेका सम्पूर्ण सामुदायिक  बिधालयहरुमा अंग्रेजी  मेडीयमा लागू  गरेर पठन पाठन गर्ने आफ्नो प्रतिबद्धता जनाउनु भएकोछ । 


नगरपालिका भित्री  अधिकांश अभिभावकहरु आफ्नो छोरा छोरीलाई निजी बिधालयमा चर्को पैसा तिरेर  अंग्रेजी मेडीयम पढाउनु बाध्य रहेको छ ।  सामुदायिक बिधालयमा अंग्रेजी मेडियम लागू गरेर  अभिभावकहरुलाई  पैसाको मारबाट बचाउने बताउनु भयो।

अनुगमनमा राम बिश्वास  चौरसिया ,  सुचिन्द्र यादव , अधिकृत  बिजय कुशवाहा र  पत्रकार , लगाएत  अन्य क्रमचारीले गर्नु अनुगमन भएको थियोे