बारा- चैत ६- श्रीकान्त गुप्ता -बिश्वब्यापी महामारीका रुपमा फैलिरहेको नोभेल कोरोना भाईरस ‘कोभिड–१९ छिमेकी मुलुक भारतमा संक्रमित भेटिएपछि बाराका स्वर्ण गाउपालिका वडा नं ३ संन्तगञ्ज नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।स्वर्ण गाउँपालिकाको सयोगबाट संचालित हेल्थ डेस्कमा भारतबाट सर्बसधारण आउनेहरुलाई सोधपुछ र शंका लागेको व्यक्तिलाई 'इन्फ्रारेड थर्मोमिटर'को सहायताले टाढाबाटै तापक्रम जाच्ने गरिएको छ।
डेस्कमा कवहीगोठ अस्पतालका तर्फबाट दुईजना कर्मचारी र सशस्त्र प्रहरीको सयोगमा संतगञ्ज सिमाबाट बुधबार सम्म नेपालमा प्रवेश गने ८ सय अन्ठावन जना यात्रुहरुको तापक्रम 'इन्फ्रारेड थर्मोमिटरबाट सामान्य स्वास्थ्य परिक्षण गराएर नेपाल सिमामा प्रवेश गर्न दिएकोछ।अहिले सम्म चेक जांचमा क्रोना भाइरसको संक्रमित ब्यक्ति फेला परेको छैन । यदि त्यस्तो ब्यक्ति फेला परेमा त्यसको लागि गाउँपालिकाले हर्दिया प्रथमिक स्वास्थ्य केन्द्रमा आइसुलेसनको ब्यवस्था गरिएकोछ ।चेक जांचमा ज्वरो देखा परेमा परासिटामोल दिएर हिस्ट्री टेकिङ्ग गर्ने स्वास्थ शाखा प्रमुख सुरेन्द्र प्रसाद साह बताउनु भयो ।
स्वर्ण गापालिकामा क्रोना भाइरस लाग्न नदिने सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरु बिधालय सार्बजनिक ठाउँ र घर घरमा संचालनमा ल्याइएकोछ । क्रोना भाइरसबाट बच्नको लागि पत्र पत्रीका रेडियो र गाउँपालिकाको साइडबाट सुचना प्रसारण गरिएको स्वर्ण गाउँपालिका अधिकृत नबिन श्रीवास्तवले बताउनु भएकोछ ।
संतगञ्ज नाकाबाट विभिन्न काम काजले प्रतेक दिन दुई र तीन हजार भन्दा बढी सर्बसधारण भारतबाट नेपाल र नेपालबाट भारत आउने जाने गर्छ । तर क्रोना भाइरसको डर त्रासले सर्बसधारणको आउने जाने संख्या घटेकोछ ।


0 Comments