बारा - माघ १९ - श्रीकान्त गुप्ता - तराई मधेसका जिल्लाहरुमा बिकृतीको रुपमा रहेको दाइजो प्रथा बालबिवाह महिला हिस्सा विरुद्ध बाराका प्रहरी र प्रशासनले सक्रिय भएकोछ। दाइजो प्रथा बाल बिवाह महिला हिस्सा न्यूनकरण गर्ने जिल्ला प्रमुख अधिकारी र प्रहरी प्रमुख निरीक्षक लगाएत टोलीले गाउँ गाउँमा पुगेर सडक नाटक गरि स्थानीयहरुमा दहेज विरुद्ध जनचेतना जगाउने कार्यक्रम गरिएकोछ।
बाराको स्वर्ण गाउँपालिकामा दाइजो प्रथा बालबिवाह र महिला हिस्सा जस्ता अपराधलाई न्यून करण गर्न उदेश्यले जिल्ला प्रहरीले गाउँ गाउँ पुगेर बाल बिवाह र दहेज प्रथा विरुद्ध सडक नाटक कार्यक्रम गरिएकोछ। कार्यक्रमा जिल्ला प्रहरी प्रमुख निरीक्षक बिकास राज खनालले समाजमा महिला हिस्सा बाल बिवाह र दहेज लेन देन गर्नु कानुनी अपराध हो यस कार्यमा सहभागी भएको पाइएमा कानुनी बमोजिम सजायको भगदारी हुनुपर्छ स्थानीयहरुमा उनले भने पहिला समाजमा दहेज लेन देन चलिदा प्रहरी प्रशासनले चासो नदिएको थियो । तर यस पछि दहेज लेन देन गर्न केटा र केटी पक्ष र दहेज लेन देन गराउने बिचौली समेतलाई पक्राउ गरि संविधानमा उल्लेख गरिएको अनुसार ३० हजार रुपैया जरिवाना र ३ बर्ष कैद कर्वाही हुने जिल्ला प्रहरी बाराका प्रमुख प्रहरी निरीक्षक खनाले कार्यक्रममा बताउनु भएकोछ।

दुई नं प्रदेश सभाका सदस्य र प्रदेश प्रतिनिधि बच्चा यादवले कार्यक्रमा गाउँपालिका भित्री महिला हिस्सा , बाल बिवाह र दहेज लेनदेन नगर्न सबैलाई बताउनु भएकोछ। उनले भने महिला कुट पिट गर्न चिज छैन महिला समानीय ब्यक्ति हो गीता रामायणमा हेर्दा सदियो देखि महिलाहरुलाई समानको रुपमा अगाडि राखिएकोछ। जस्तै सीता राम गैरी शंकर राधेश्याम जस्ता नामको अगाडि पहिला महिलाको नाम रहेकोछ। त्यस पछि पुरुषको नाम उल्लेख गरिएकोछ। त्यसैले महिलालाई सदियो देखि समान गरिदै आएकोछ। त्यसकारण हामीहरुले महिलालाई समान गर्नु पर्छ।यदी कसैले कानुनको बिपरी गाउँपालिका भित्री महिला हिस्सा दहेज देन देन गरीरहेछ।

प्रहरी र प्रशासनले दहेज प्रथा र बाल बिवाह बिरुद गाउँ गाउँमा पुगेर आयोजना गरेको कार्यक्रमले स्थानीयहरु पनि खुशी रहेकोछ । दहेज प्रथा बाल बिवाह विरुद्ध अपराधीहरु पक्राउमा पर्दा बाल बिवाह दहेज प्रथा विरुद्ध जनकारी नभएको भन्दा यस कार्यक्रम र अभियान पछि कसैले बाल बिवाह गरेमा कानुन बमोजिम कर्वाही भोगन तयार रहेको स्थानीय जितेन्द्र यादव बताउछ।गाउँ गाउँमा पुगेर प्रहरी प्रशासनले बाल बिवाह दहेज प्रथा विरुद्ध नाटक गरेर जनकारी गराउदा हामी धेरै खुसी रहेकोछु यस पछि प्रहरी प्रशासनले दहेज प्रथा विरुद्ध कसैले पक्राउ पर्दा कर्वाही गरिदा हामी पनि सहमती रहेकोछु ।

बबिता जैसवालले भन्छिन् प्रहरी सझेदारीले गरेको गाउँ गाउँमा महिला हिस्सा बाल बिवाह र दहेज प्रथा विरुद्ध जनकारी गराएर यस पछि कसैले बाल बिवाह र दहेज प्रथा विरुद्ध कसैले पक्राउ पर्दा हामी सजाए भोगन त्यार रहेको बताउछिन ।

तराई मधेस जिल्लाहरुमा बाल बिवाह दहेज प्रथा महिला हिस्सा बिकृतीको रुपमा फैलिएको कुरुपतालाई बाराका जिल्ला प्रहरी प्रशासनले न्यून बन्द गर्न कार्यमा सकृयता देखाएकोछ।