बारा - कार्तिक २८ - श्रीकान्त गुप्ता - बारागढी गाउँपालिकाले ४ कुन्टल भन्दा बढी डेंगु किटनाशक औषधि छिरिएकोछ। 

जनस्वास्थ प्रयोगको लागी विश्व स्वस्थ संगठनले सिफारिस गरेको रिवाइवल १०० डब्लु. पी  डेंगु किटनाशक औषधि बारागढी गाउँपालिकाले   ४५ सय भन्दा बढी घरमा  ४ किन्टल भन्दा बढी डेंगु किटनाशक औषधि छिरिएको बारागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले  अनुगमनमा  जनकारी गराउनु भएकोछ।

किटनाशक औषधि छर्नको लागी प्रतेक दिन  ६ जना सुपरभाइजर , २ जना आडी र  ३० जना ट्यानकर कमदारहरुले बारागढी गाउँपालिकामा रहेको ४५ सय भन्दा बढी घरहरुमा  र  सर्बजनिक ठाउँ , सर्बजनिक शौचालय  , बिधालय , स्वास्थ चौकी , चौक चौरहा , र  जमेको पानी , लगाएत ठाउँहरुमा डेंगु किटनाशक औषधि छरिएकोछ। घरको सबै कोठाहरुमा र लामखुट्टे बस्ने र उत्पन्न हुने ठाउँहरुमा औषधि छरिएको अधिकृत चौधरीले बताए । 

त्यसरी डेंगु रिवाइवल १०० डब्लु . पी किटनाशक औषधि एक चोटी छरिदा यसको असर ३ महिना सम्म रहन्छ। बर्षमा दुई पटक या तीन पटक किटनाशक औषधि छरिदा डेंगु लामखुट्टे उत्पन्न हुन सक्दैन। बारागढी गाउँपालिकाको हरेक वडाहरुमा डेंगु लामखुट्टेबाट बच्ने जनचेतना कार्यक्रम गरि बारागढी गाउँपालिकामा रहेको ३१ हजार  ९ सय ६५ स्थानीयहरुलाई डेंगुबाट संचेत गराउने चौधरीले बताए ।