बारा -कातिक १९ श्रीकान्त गुप्ता - बलिमा बिश्व प्रख्यात धार्मिक एतिहासिक एवम पर्यटकीय स्थल बाराको गढीमाई पञ्चबर्षीय मेलाको अवसरमा महागढीमाई नगरपालिकाले मंगलबार सरसफाइ जनचेतना अभियान कार्यक्रम गरेकोछ।
मंसिर १ गते देखि एक महिना सम्म लाग्ने गढीमाई पञ्चवर्षीय मेला नजिकिँदै जाँदा नगरपालिकाले नगरभरी सरसफाइ गर्न जनचेतना कार्यक्रम गरेको नगरप्रमुख उपेन्द्र यादवले बताए । मेलामा ७० हजार भन्दा बढी भक्तजनहरु आउने अनुमान भएको हुनाले नगरलाई सरसफाइ गरेर राख्नु, रहन सहन र सभ्यताको पहिचान रहेको नगर प्रमुखले बताए
कार्यक्रम महागढीमाई नगरपालिका उपमेयर तारादेबी , मुल समितिका अध्यक्ष सुदामा साह कानु उपाध्यक्ष कैलाश महतो महासचिव मोतिलाल कुशवाहा , ससचिव बिरेन्द्र यादव ,बिजय साह , उपेन्द्र गुप्ता बिधालय ब्यवस्थापन समिती अध्यक्ष , दिप प्रकाश गुप्ता ,जयप्रकाश गुप्ता , प्रेम साह ,साजन गुप्ता , धिरेन्द्र लहेरा , धिरेन्द्र सिंह , मुकेश यादव , दिपेन्द्र यादव , वडा अध्यक्षहरु नगरप्रहरी नगरपालिका बिभिन्न राजनीति दलका नेताहरु , समाज सेबीहरु लगाएतले हातमा बाइनर लिएर नगरको परिक्रमा गरेको थियो।

0 Comments