बारा - असोज १७ - ड. आर्जुराणा देवाले बाराको प्रसिद्ध गढीमाई पञ्चबर्षीय मेलाको मुल ब्यवस्थापन समिति कार्यालयको उद्घाटन गरिदै गढीमाईको मेला एतिहासीक मेला हो मेलामा आउने करोडो मानिसहरुको लागी सार्बजनिक शौचालय , खानेपानी , सडक र ब्यस्थापन गर्न सम्पूर्ण नेपालीहरुमा आग्रह गर्नुभएकोछ। त्यस्तै नेपाली समाजमा महिलाहरू धेरै पछाडि रहेकोछ।, देशको राजनितिक , सरकारी कार्यालय , नगर गाउँ सभाहरुमा ,प्रदेश सभा र राष्ट्रिय सभामा महिलाहरुले पछाडी रहेको छ। पुरुष र महिला मिलेर काम गर्दा देशको बिकाश छिटो हुन्छ। पुरुषको सहयोग बिना महिलाहरु अगाडि बढ्दैन त्यसैले महिलाहरुलाई अगाडि बढाउन मन्चमा आर्जुराणा देवाले पुरुषहरुमा आग्रह गर्नु भएकोछ।
महागढीमाई नगरपालिका मेयर उपेन्द्र यादवले ०७४ नियम अनुसार सर्बजनिक ठाउँ , र मठ मंन्दिर ,स्थानीय सरकार अन्तर्गत पर्छ। त्यसको अनुसार २०७६ गढीमाई मेलाको मुल ब्यवस्थापन समिति गठ्न गरिएको बताउनु भएकोछ।
तर यता महागढीमाई नगरपालिकाले गढीमाई मेला ब्यवस्थापनको मुल समिति बनाएका गढीमाई मंन्दिर संचालन तथा बिकास समितिमा बिजय भएका टिमहरु र मधेस दलका नेताहरुले मुल समितिलाई मान्न तयार रहेकोछैन
मंन्दिर संचाल तथा बिकास समिति - अध्यक्ष रामचन्द्र साह - महागढीमाई नगरपालिकाले मुल समिति बनाएको हामी मान्न तयार छैन । हामी आफुले मेलाको मुल समिति बनाएर मेला लगाउने बताए
६ महिना देखि गढीमाई मेला लगाउने कसको जिम्मा पाउंछ। मुल समिति बनाउनमा बिबाद दै बिबाद रहेको हुनाले स्थानीय जनताहरु चिन्तित रहेकोछ। मेला कसरी लाग्छ।मेला कसले लगाउने गर्छ। मेलाको ब्यवस्थापन गर्न एक महिना मात्र बाकी रहेकोछ।
कार्यक्रममा बिशिस्ट नेपाली काङ्ग्रेसका पूर्ब संसद राधेचन्द्र यादव , राय , जिल्ला सभापति जयचन्द्र चौरसीया , महागढीमाई नगरपालिकाको उप मेयर तारा देबी कानु , गढीमाई मंन्दिर संचालन तथा बिकास समितिको पूर्ब सचिव मोतिलाल कुशवाहा ,श्री गढीमाई बिधायलको अध्यक्ष दिप प्रकाश गुप्ता , भैयाराम यादव , भुलेन्द्र यादव गढीमाई मेला ब्यवस्थापन मुल समिति अध्यक्ष सुदामा साह नगरपालिकाका वडा अध्यक्षहरु उपस्थित रहेको थियो । कार्यक्रमको संचालन बिरेन्द्र यादव गरेको थियो।

0 Comments