बारा- २० - भदौं -श्रीकान्त गुप्ता -  वीरगंज पर्सामा शुक्रबार बिहान ६ बजे आफ्नै घरबाट बिधालय जाने क्रममा बिर्ताको गणेशमान चौकमा एसिड प्रहारमा घाइते भएकी मुस्कान खातुनलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
वीरगंजस्थित नारायणी अस्पतालमा प्रारम्भिक उपचार पछी खातुनलाई पर्सा क्षेत्र नं १ सांसद प्रदीप यादवको पहलमा काठमाडौँ लगिएको छ। संसद यादवले मुस्कानको उपचारका लागि ५० हजार स्वकीय सचिव निखिल बरनवालको मार्फत सहयोग गरेका हुन । एसिड प्रहारमा संलग्न सबैलाई कडा भन्दा कडा कारवाही गर्न स्थानीय प्रशासनलाई यादवले निर्देशन दिएकोछ।

एसडी प्रहारबाट मुस्कानको स्वास्थ्य अवस्था गम्भीर देखिएकोले काठमाडौँ रिफर गर्नु परेको चिकित्सकहरुले जनकारी दिनु भएकोछ। 

मुस्कान माथि तेजाब प्रहार अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहान ६ बजे विद्यालय जान लागेकी युवती माथि सम्सादले तेजाब प्रहार गर्दा प्रत्यक्षदर्शी र पीडितले दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । उनले यूती माथी तेजाब प्रहार कार्य सहयोग गर्न बिरगंज २ छपकैया निवासी मजिद आलमले फरार भएकोछ। उनलाई खोजी भइरहेको शर्माले बताए । बिरगंज अवस्थित रामटोलम त्रिभुवन हनुमान माध्यमिक विद्यालयको कक्षा १० मा मुस्कान अध्ययनरत रहेकी छिन