बारा- भदौ - २० - जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नकली लाइसेन्स बनाउने तीन जनालाई पक्राउ गरेकोछ।
कलैया उपमहानगरपालिका वडा नं १ बाट प्रहरीले पक्राउ गरेकोछ। पक्राउ पर्नेमा जिल्ला मकवानपुर बकैया गाउँपालिका वडा नं ८ , बस्ने २९ बर्षीय रामबहादुर स्याङ्तान , त्यस्तै ३३ बर्षीय गोपाल सिंह र स्वर्ण गाउँपालिका वडा नं ५ बस्ने ४५ बर्षीय गगनदेव साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकोछ।
नकली लाइसेन्स स्मार्ट कार्ड ४ थान पुरानो सवारी लाइसेन्स १ थान र ८ लाख २५ हजारको चेक रामबहादुर स्याङ्तानको नामबाट काटिएको सहित पक्राउ गरेको डि एस पी रंजित सिंह राठौरले जकारी गराउनु भएकोछ।
बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने ५ दिनको म्याद थपलि अनुसन्धान भइरहेकोछ।

0 Comments