बारा - असोज १२ - श्रीकान्त गुप्ता - बाराको प्रसिद्ध गढीमाई पंञ्चबर्षीय मेलाको शोभा यात्रा कार्यक्रमलाई सम्मानिय  राष्ट्रपति बिद्यया देबी भण्डारीले  अप्रत्यक्ष रुपमा कार्यक्रमालाई सम्बोधन गरेकोछ। देश भरी अबिरल बर्षा भरहेको कारणले शोभा यात्रा कार्यक्रममा आफू प्रतेक्ष रुपमा उपस्तिथि नरहेको मोबाइल मार्फत शोभा यात्रा कार्यक्रमलाई सम्बोधन गर्नुभएकोछ। 
गढीमाई पंञ्चबर्षीय मेलामा महागढीमाई नगरपालिका , र गढीमाई मंदिर बिकास तथा संचालन समिति,  प्रमुख जिल्ला अधिकारी , प्रमुख प्रहरी निरीक्षक,  विभिन्न राजनितिक दलहरुले  मिलेर  गढीमाईको एतिहासिक मेला लगाउन सबैमा आग्रह गर्नुभएकोछ।  गढीमाई क्षेत्रमा बिकासको खाचौ रहेकोछ।  गढीमाई क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्न आवश्यक रहेको राष्ट्रपति बिद्यया देबी भण्डारीले  बताउनु भएकोछ। 


गढीमाई क्षेत्रलाई नयाँ शहरको रुपमा बिकास गर्न सरकारले कार्य अगाडि बढाई सकेकोछ। मेलामा आउने  दर्शन यात्रुहरुको लागि ठाउँ ठाउँमा बास , खाना  खाने  पानी , शौचालय , सडक ब्यवस्था मिलाउन कार्यक्रमामा फोन मार्फत राष्ट्रपतिले  जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएकोछ।
क्षेत्र नं २ का संसद रामसहाय यादवले शोभा यात्रा कार्यक्रमको उदघाटण गरिदै महागढीमाई नगरपालिकालाई नयाँ सहरको रुपमा बिकास गर्न र केन्द्र सरकारले कार्य अगाडी बढाएकोछ।  गढीमाई मंन्दिरलाई पर्यटकीय स्थल र प्राकृतिक सम्पदाको सुचीमा गराउन प्रतिबद्ध जनाएकोछ। 

महागढीमाई नगरपालिका भित्री गढीमाई  पंञ्चबर्षीय मेलामा शान्ति   सुरक्षाको साथ मेला लाग्नेछ । मेलामा  १ करोड भन्दा बढी दर्शन यात्रुहरु आउने गर्छ। यात्रुहरुको लागि ठाउँ  , ठाउँमा शौचालय , खाने पानी ,खाना , खाल्टो सडक मर्मत लगाएतको ब्यवस्था  गर्न महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले प्रतिबद्ध जनाएकोछ। 

कार्यक्रमा गढीमाई मंदिर बिकास तथा संचालन समितिको अध्यक्ष रामचन्द्र साह  गढीमाई मेला जिल्लाको मात्र होइन पुरै राष्ट्रको मेला हो केन्द्र सरकार , प्रदेश सरकार , स्थानीय सरकार  मिलेर मेलाको ब्यवस्थित गर्न सकिन्छ। मात्र स्थानीय सरकारबाट मेला ब्यवस्थित हुनसक्दैन  गढीमाई मंन्दिर संचालन तथा बिकास समितको अध्यक्ष रामचन्द्र साह कार्यक्रममा जनकारी गराउनु भएकोछ। 
शोभा यात्रा कार्यक्रमा  , बिशिस्ट अथिती राष्ट्रपति प्रतिनिधि ,  राष्ट्रसभाका सदस्य , बिशिस्ट अथिती  रमेश यादव , क्षेत्र नं ३ संसद रामबाबू यादव , बारा जिल्लाका प्रमुख न्यायाधीश दिलीराज अधिकारी  , प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पोखरेल  ,  र कार्यक्रमको संचालक महागढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सालिक राम ढकाल र कार्यक्रको स्वागत महागढीमाई नगरपालिकाका प्रमुखले गरेको थियो ।