बारा- असोज ५ - बारागढी गाउँपालिकामा अपाङ्गहरुको लागी ४ दिने स्वास्थ्य  परीक्षण शिबिर तथा जेष्ठ नागरिकको परिचयपत्र वितरण कार्यक्रम आईतवार देखि शुरु भएकोछ।  
बारागढी गाउँपालिकाबाट १५ किलो मिटर टाढा जिल्ला बाराको स्वास्थ्य अस्पताल कलैया भएको हुनाले अशक्त अपाङ्गहरुको आर्थिक स्थति र शरीरको अवस्था कमजोर भएको हुनाले बारागढी गाउँपालिकाले  गाउँपालिका भित्री बाहिरबाट डाक्टर ल्याएर अपाङ्ग हरुको स्वास्थ्य परिक्षण गरि विभिन्न किसिमको रोगको पहिचान गरेर  निशुल्क औषधि र अपाङ्गहरुको परिचयपत्र बितरण गरिएको प्रशासकीय अधिकृत अमोध चौधरीले  गरिब पुकार अनलाइ डिजिटल पत्रीकालाई जनकारी गराउनु भएकोछ।

पहिलो दिन ६० जना जेष्ठ नागरिक र २१४  जना अपाङ्गहरुको स्वास्थ्य  परिक्षण गरि परिचयपत्र बितरण गराएकोछ।  स्वास्थ्य  परिक्षणमा  ५ बर्ष देखि ७० बर्ष सम्मका हाथ खुट्टामा पोलियो लागेको , कानले सुन्न नसक्ने , आंखाले हेर्न नसने मुखले बोल्न नसक्ने , पूर्ण  रुपमा शरीरको बिकास हुनसकेको अपाङ्गहरुको स्वास्थ्य  परिक्षण भएको डाक्टर प्रदिप यादव  बताएकोछ।