बारा- आश्विन ३ - श्रीकान्त गुप्ता- महागढीमाई नगरपालिका वडा नं २ बरियारपुरमा पालनपोषण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ बार्षिक  सधारण सभा शुक्रबार सम्पन्न भएकोछ।

कार्यक्रमा प्रमुख अथिति प्रदेश नं २ का भुमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले सधारण  सभालाई उदघाटन गर्दै भुमी र कृषिहरुलाई  ब्यवस्थित गरेर  अगाडि बढ्न सबैमा आफ्नो प्रतिबद्धता  जनाउनु भएकोछ। प्रदेश नं २ को जनता गरिब अशिक्षित रहेको हो किसानहरुसंग जति भुमी छ।  त्यही भुमीमा माछा पालन , पशुपालन , बेसीजीन तरकारी खेती , अन्य समानको उत्पादन गरेर  अर्को प्रदेशमा बेचेर राम्रो पैसा कमाउन सक्ने यादवले बताए। प्रदेश  सरकारले नगरपालिका गाउँपालिका मार्फत माछा पालन , तरकारी खेती , पशुपाल अन्य तालिम दिएर कृषिहरुलाई योग्य बनाई रहेको छ।  

त्यस्तै  पालनपोषण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दूध डेरी संचालन गरिनेछ।  कृषिहरुमा ऋण परिचालन गरी कृषिहरुले उत्पादन गरेको दूध संस्थाले लिएर अर्को प्रदेशमा बेच्ने उदेश्य राखेकोछ। जसबाट कृषिहरुलाई रोजगारी सृजना हुन्छ ।भने जुन सहकारी संस्थाले झोला र बोरामा  राखेर जनताहरुलाई विभिन्न सेवा शुल्कको बहानामा चर्को रकम लिएर ठगिरहेकोछ। त्यो संस्थाको यो प्रदेशबाट बिदाइ हुन्छ। राज्यमन्त्री यादवले बताउनुभयो । यस पालनपोषण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बारा जिल्लालाई  आर्थिक  रुममा  बिकास गर्नमा ठूलो टेवा पुर्याउनु भएकोछ। यस संस्था लिमिटेडको कार्य शैली राम्रो भएको हुनाले प्रदेश सरकारले मन्याता दिएको कारणले  महागढीमाई नगरपालिका , पचरौता नगपालिका सिमरौनगढ नगरपालिका , आर्दश कोतवाल गाउँपालिका बारागढी गाउँपालिका करैयामाई गाउँपालिका , सम्म आफ्नो  कार्य क्षेत्र  बिष्तार गरेको  मन्त्री यादवले कार्यक्रममा बताउनु भएकोछ। 
बिशिस्ट अथिति महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले   पालपोषण बचत तथा ऋण तथा सहकारी संस्था लिमिटेडको २१६३ सदस्यहरुलाई  धन्यवाद दिदै समाजमा दिइरहेको  सेवा , र यस संस्था लिमिटेडको  उदेश्य  दूध डेरी संचालन गरेर बेरोजगार यूवाहरुलाई रोजगार दिने  र अमृतको रुपमा दूध खुवाउने यस पालनपोषन बचत तथा ऋण सहकारी सस्था लिमिटेडको आग्रीम उदेश्यलाई  प्रशंसा गर्नु भएकोछ। चर्को घाममा सेवाग्राहीको   बिदेशबाट आयको पैसा निकाल्न कलैया बिरगंज जानू पर्थे । यो संस्था लिमिटेडले  विभिन्न किसिमको रेमिटान्स आइ एमइ  , रेमिटान्स , प्रभु , हिमाल,  वेसटर्न , आई पेमेन्ट , सि टी इक्स  प्रेस  , मनी क्यास , एयर टिकेट लगाएत  सेवाहरु दिदै आएको कारणले   सेवाग्राहीहरुलाई  कलैया बिरगंज जानबाट सहुलियत भएको प्रमुख यादवले आफ्नो मन्तव्य ब्यक्ति गर्नु भएकोछ। त्यस्तै  पैसाको अभावमा घरमा बसेका गरिब दलित जनजाति मुसलिम लगाएत बेरोजगार यूवा र यूवतीहरुलाई  सस्तो मूल्यमा ऋण उपलब्ध गराएर विभिन्न किसिमको ब्यवसाय संचालन गर्न यस सस्था लिमिटेडले  सेवा प्रदान गर्नु भएकोछ । ३६ प्रतिशत ब्याज  र टेक्सी ब्याजदर भन्दा सस्तो ब्याजदर  भएको कारणले  जिल्लाको ब्यवासायहरुले ऋण लिएर आफ्नो  ब्यवासायकलाई ठूलो ब्यवसायको रुपमा वृद्धि गरेको प्रमुख यादवले कार्यक्रमा जनकारी गराउनु भएकोछ। 

पालनपोषण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  कोषाअध्यक्ष सुरेन्द्र प्रसाद कुशवहाले  कार्यक्रमा  कार्य योजनाहरु प्रस्तुत गर्दै बि. स २०६९ साल फागुन १५ गते रु १३ लाख २०, हजार पुंजी  ३३ जना सदस्यबाट यश संस्था लिमिटेडको स्थापना गर्नु भयो  ६ बर्ष  भित्रीमा ८ करोड ४५ लाख ७९  हजार २  सय ९० रुपैया बसलात  ६८ लाख ४४ हजार २ सय ७२ नाफा आर्जन गरि १४ जनालाई रोजगारी प्रदान गरिदै २१६३ सदस्य रहेकोछ। त्यस्तै गत बर्ष २०७४ / २०७५ मा कुल रु  ५ करोड ९८ लाख ५३ हजार ७ सय १५ बाट  वृद्धि  भएर चालू आर्थिक बर्ष २०७५/२०७६ मा रु ८ करोड ४५ लाख ७९ हजार २ सय ९० रुपैया बैंकको  पुंजी  वृद्धि भएको कुशवहाले  प्रस्तुत गर्नुभएकोछ। 


कार्यक्रमा उपस्थित  गढीमाई मंदिर संचालन तथा बिकास समिति  अध्यक्ष  रामचन्द्र साह तेली , उपाध्यक्ष बिश्व नाथ महतो , महागढीमाई नगरपालिका वडा नं २ का अध्यक्ष  बिरेन्द्र चौरसीया , महागढीमाई न. पा वडा न् ९ अध्यक्ष  शशीकान्त मिश्रा , बारा जिल्ला  सहकारी संघका अध्यक्ष  शतेन्द्र ठाकुर , बिश्वास एफ एमका पत्रकार साजीर मंशुर , कृपा दैनिक नरेश गुप्ता , प्राईम टाइम टेलिभिज पत्रकार श्रीकान्त गुप्ता ,पूर्ब मुखिया  पानालाल जैसवाल , अनुरुध यादव मुक्ती साह , उमेश कुश्वाहा , राजकुमार कुशवाहा , जयचन्द्र चौरसीया , पुरन साह ,  संघिय समाजबादी  नेपाल  यूवा नेता मुकेश कुशवाहा , पालपोषण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष बृजकिशोर साह लहेराको अध्यक्षतामा कार्यक्रम सम्पन्न  भएकोछ। संयोजक गौरीशंकर प्रसाद कुशवहा  कार्यक्रमको स्वागत रंजीत कुशवहाले  गर्नुभएको थियो ।