काठमाडौं - १८ भादौ - नेपालमा ८ सय ४८ म्यानपावर कम्पनी मात्रै रहने भएका छन् । सरकारले धरौटी बढाउन दिएको अन्तिम मिति बुधबारसम्म ८ सय ४८ म्यानपावरले बैंक ग्यारेन्टी र नगद धरौटी राख्ने प्रक्रिया पुरा गरेका छन् ।

वैदेशिक रोजगार विभागमा महानिर्देशक भीष्मकुमार भुसालका अनुसार  इजाजतपत्र लिएका मध्ये  ३ सय ३ वटा म्यानपावर धरौटी बढाउन नसकेकाले खारेजीमा परेर बन्द हुनेछन् ।

सरकारले दिएको 'मर्जर'को विकल्प ३०३ वटा म्यानपावरले प्रयोग गरेका छन् । यति म्यानपावर कम्पनी गाभिएर कुल १३१ वटा म्यानपावरले धरौटी पुरा गरेका छन् ।

खारेजीमा परेका मर्जर भएका गरी अब कुल इजाजतप्राप्त कम्पनीमध्ये ४७५ वटा  म्यानपावर कम हुने भुसालले जानकारी दिए ।