बारा १९ - असार  - बारागढीगाउपालिकाको  वडा नं ४ पथरामा बारागढी गाउँपालिका वडा नं ४ को वडा अध्यक्ष रामकृपाल चौधरीले आदिबासी जनजातिहरुको संबिधानमा अधिकर गोष्ठी कार्यक्रमको उदघाटण गर्नुभएकोछ।   




कार्यक्रमा चौधरीले संबिधानमा आदिवासी जनजातिहरुको हक र  अधिकारको बारेमा जनकारी गराउनु भएको छ। संविधानमा महिलाहरुको  हक अधिकार रहेर पनि  सब भन्दा कमजोर महिलाहरु  रहेकोछ।  अशिक्षाको कारणले गर्मीको मौसमा चर्को घाममा दिन भरी अर्काको खेतमा  रोपनी , सोहनी गर्नु  र फुर्सदको समयमा टि भी हेर्ने गर्छ।  यस्तो गर्दा महिलाहरुले पछाडी परेकोछ।  

त्यस्तै  यो देशमा पढेलेखेका महिलाहरुले देशको राष्ट्रपति , सभामुख , मन्त्री , न्यायाधीश लगाय जस्ता पदहरुमा रहिसकेकोछ। तर आदिबासी जनजातिहरुलाई शिक्षा भएको भय तराईको महिलाहरुले देशको ठुले पदमा रहन सकिन्छ।  जस्तै  राष्ट्रपति जस्ता पदहरुमा  जान सकिने चौधरी महिलाहरुलाई बताउनु भएकोछ।  

कार्यक्रको उदघाटण सामरोहमा ,प्रदेश नं २ को पत्रकार महासंघको सदस्य  सिकिन्द्र पैसवान , पानालाल दास  , समाजका महिलाहरु समाज सेबी , भलभलादमीहरु लगाएत उपस्थित हुनुभएको थियो । कार्यक्रमको आयोजना नेपाल आदिवासी जनजाति  पत्रकार महासंघ बाराको अध्यक्ष दुष्यन्त चौधरीले गर्नु भएको  थियो ।