बारा- असार १९ श्रीकान्त गुप्ता- समाचार संकलन गर्ने क्रममा पत्रकार माथी दुव्र्यवहार गरिएको छ। 



प्राइम टाइम टेलीभिजनको जनताको इजलासमा  कार्यरत पत्रकारहरु दिपक अर्याल, बालकृष्ण शर्मा, पुण्य धमला र क्यामरामेनलाई गोदावरी नगरपालिकाका मेयरको निर्देशनमा सुरक्षाकर्मीहरुले क्यामेरा खोसेर दुव्र्यवहार गरेका हुन् ।


उनीहरुले ललितपुरमा सञ्चालित अवैद्य खानी, क्रसर र पानी उद्योगहरुबारे निरन्तर रुपमा प्राइमटाइम टेलीभिजनका समाचार प्रसारण गरिरहेका थिए । उनीहरुले गोदावारी क्षेत्रको खानी, क्रसरको सूचना माग गर्दा नगरप्रहरीको दम्भ देखाएर दुव्र्यवहार गरेको पत्रकार दीपक अर्यालले बताए । 


प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीको कोठामा प्रवेश गर्न खोज्दा नगरप्रहरीले क्यामरा बन्द गर्न भन्दै लछारपछार गरेको अर्यालको आरोप छ ।