बारा -बारागढी गाउँपालिका वडा नं ४ वडा  कार्यालय पथरामा  आय आर्जन तालिम अन्तर्गत  महिलाहरूलाई सिलाई कटाई तालिम कार्यक्रम सम्पन्न  भएकोछ।
बारागढी गाउँपालिकामा  बेरोजगार भएर दिन भरी घरमा बसेर समय बिताउने, अर्काको खेतम गएर काम गर्न , एकल महिला , दलित , जनजाति ,  मुसहर ,  डोम , चमार ,लगाएत २० जना महिलाहरुलाई छनौट गरि सिलाई कटाई तालिममा सहभागी गराई रोजगार बनाएको बारागढी गाउँ कार्यपालिकाको अध्यक्ष देवदत बछार थारुले कार्यक्रमाको सम्पन्न गरिदै  बताउनु भयो । 

त्यस्तै बारागढी गाउँकार्यपालिको प्रशासकीय अधिकृत अमोध चौधरीले कार्यक्रममा  गरिब , दलित , जनजाती  , मुसलिम , डोम चमारकै लागि  बारागढी गाउँपालिकाले वडा नं  १ , २  , ३ , ४ , र ५ ,  वडाहरुमा ३५ दिनको सिलाई कटाई तालिम  संचालन गरिएको थियो यस बारागढी गाउँपालिको सबै वडा बन्दा राम्रो स्थानीय तथा शहरी बिकाश केन्द्र संस्थाले  वडा नं ४ पथरामा सिलाई कटाई तालिम गराएकोछ। यस संस्थाको तालिममा समय , समय , अनुगमन गर्दा दुईटा प्रशिक्षकबाट १० र  १० जना महिलाहरुको  समूह बनाएर  तालिम संचालन गरेको बताउनु भयो 
  त्यस्तै प्रतेक दिन सिकाउने  दुई  प्रशिक्षक बाहेक अर्को डिजाईनिङ्ग सिकाउने प्रशिक्षकबाट  विभिन्न किसिमको डिजाईनिङ बलाउज , कुर्ता शुरुवाला , घङ्ग्री , पेटी कोट  , सिकायका छ्न । भोटोमा पनि डिजाईन ,  झुल , हाप पाइट , झोला  कटुक पनि सिकाएको चौधरीले कार्यक्रमम जनकारी गराउनु भएकोछ। 

सिलाई कटाई तालिम सराहनीय र  प्रभावकारी ढङ्गले संचालन गराउनको लागि वडा कार्यालयमा ब्यवस्थापन मिलाएको थियो  जुन  स्थानीय तथा शहरी बिकाश केन्द्र संस्थाले मुटुक छुने खालको तालिम संचाल गरिएकोछ।  २० जना महिलाहरुलाई अब आत्मा निर्भर बनेकोछ। गाउँ घर र हाट बजारमा   टेर्लर खोलेर पैसा कमाउनको लागि बारागढी गाउँपालिकाको वडा अध्यक्ष रापकृपाल चौधरीले सबै महिलाहरूमा आग्राह  गर्नुभएकोछ। 

सिलाई सिकने महिला पुना कुमारी राम बताउछिन - बारागढी गाउँपालिकाले वडा नं ४ मा  सिलाई कटाई तालिममा हामीलाई सिकने मौका दिनु भएको बारागढी गा. पा  अध्यक्ष प्रशासकीय अधिकृत  वडा  अध्यक्ष लगाए  उपस्थित हुनु भएको सबैमा धन्यवाद  दिदै आफू बताउछिन , ३५ दिनको सिलाई कटाई तालिमबाट हामीहरुले विभिन्न किसिमको डिजाइनको बलाउज , कुर्ता शुरुवाल ,  पेटीकोट , भोटो , घङ्ग्री , हाप पाईट , झुल , झिलाहरु सिलाई कटाई तालिमबाट सिकेकोछु  अब हामी आफुले घर वा बजारमा टेर्लर खोल्न प्रतिबध्ता जनाउदैछु । 

त्यस्तै सिलाई कटाई सिकने महिला - रमनी पैसवान -  पहिला आफुलाई लगाउने कपडा र सिङागार किन्नकोलागि पैसा पुगिरहेको थिएन  तर तालिमको समयमै आफ्नै घरको छिमेकीले   तीन वटा बलाउज , एउट वटा  कुर्त सरवाल  मसंग सिलायो जसको ज्याला रु ४८०/ -  चार सय असी रुपैया  मैले लिए ।  त्यो पैसाबाट म आफ्नो लागि कुर्ताशुरुवाको कपडा किनेर आफै हाथबाट सिलाई गरेर सम्पन्न कार्यक्रमा कुर्ता शुरुवाल लगाएर आएकोछु ।  अब मेरो जीवनको उदेश्य टेर्लर खोलेर पैसा कमाउनेछु  । बताईन
सम्पन्न कार्यक्रमको शोभा बढाउनको लागि सिमा चौधरी , जटही राम , पासपती चौधरी , रुदल प्रसाद यादव , बृजकिशिर साह , अन्य समाज सेबी , २० जना सिलाई कटाई सिक्ने महिलाहरु उपस्थित हुनुभएको थिए ।