बारा - ९ असार-श्रीकान्त गुप्ता - बारागढी गाउँपालिकामा वडा नं २ बिशुनपुर्वामा बारागढी गाउँपालिकाको सहयोगले चेक नेपाल आयोजना गरेको बांसको हस्तकला तालिमको समापन कार्यक्रम गरिएकोछ्। कार्यक्रममा अध्यक्ष देवदत बछार , उपाध्यक्ष लक्ष्मी राय , प्रशासकिय अधिकृत अमोध चौधरीले आफ्नो हाथबाट बांसको हस्तकला सिकने सिर्कमी महिलाहरुलाई प्रमाणपत्र बितरण गरिएकोछ।
बारागढी गाउँ कार्यपालिकाको प्रशासकिय अधिकृत अमोध चौधरीले सडक , नाला, भौतिक बिकास गरेर गाउँपालिको बिकास हुदैन । गाउँपालिकामा सिपमुलक जनशक्तिको बिकास गर्नु पर्छ। जबसम्म सिपमुलक जनशक्तिको बिकास हुदैन गाउँपालिका स्वास्थ हुदैन त्यसैले हामीहरु विभिन्न किसिमको सिपमुलक कार्यक्रम संचालमा ल्याएकोछु ।
त्यस्तै चौधरीले बारागढी गाउँपालिका वडा नं २ बिशुनपुर्वामा २० जना महिलाहरुको लागि बांसको हस्तकला तालिम संचालन ल्याईएको थियो । बांसको हस्तकला तालिमबाट बांसको गढीमाई मंदिर , पशुपतिनाथ मंदिर , घडी , घर , पंखा , पुजा गर्ने डोला ,र अन्य गिफटका समानहरु सिर्कमीहरुले बनाउन सिकेका छ्न । यी सिकाईबाट सिर्कमीहरु जुन सुकै ठाउँमा गिफ्टको पसल खोलेर वा गिफ्ट्का समान बनाएर गिफ्टको पसलमा बेचेर प्रतेक दिन १००० हजार भन्दा बढी पैसा कमाउन सकिन्छ। बांसको हस्तकला बनाउने मेर्टीयल कलैया बिरगंज शहरमा पाउंछ। मेर्टीयल खरिद गरि घरमा बसेर गिफ्टका समान बनाएर बजारमा बेच्ने चौधरीले सिर्कमीहरुलाई आग्रह गर्नु भएको छ।
यस्तै बारागढी गाउँ कार्यपालिकाको उपाध्यक्ष लक्ष्मी राय अब महिलाहरु कमजोर छैन पुरुसको अधारमा बाच्ने समय गई सक्यो महिलाहरुले स्वयम् आफू सिप सिकेर पैसा कमाउन सकिन्छ। बारागढीगाउँपालिका रहेको महिलाहरुलाई यो तीन वर्ष भित्रमा रोजगार बनाउने प्रतीबधता जनाउनु भएको छ।
एक जना सिर्कमी महिला पृति चौधरीले बताउछ। म कक्षा ९ पढछु । बिधालय समयमा पढ्न जान्छु घरमा बसेर पढछु र फुर्सदको समयमा गिफ्टको समान बनाउछु । कपी , कलम , किताब , टिनउसन फिस लगाएत किन्नको लागि बुवा आमसंग पैसा माग्नु पर्दै । बुवा आमाको टाउकोमा भार बनेर बाच्न चाहदैन । यो सिकाईबाट घरमा बसेर आया अर्जन गर्न मौका पाएकोछु।
कार्यक्रम चेक नेपालका कोषाध्यक्ष पृतम कुमार , प्रशिक्षक केवल मनान्धर , कपिलदेव चौधरी , जिगिन्द्र साह कानु , अजय चौधरी कृष्ण चौचरी पचिया देबी , प्रदिप चौधरी बीस जना सिर्कमी महिला अन्य समाज सेबी लगाएत उपस्थिति भएको थियो ।
0 Comments