काठमाडौं । जेष्ठ २१- श्रीकान्त गुप्ता - प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ को सत्ता समीकरण फेर्ने विषयमा आन्तरिक सहमति भएको छ ।
बालुवाटारनिकट उच्च स्रोतका अनुसार शनिबार अबेर राति दुई नेताबीच भएको समझदारी अनुसार मुख्यमन्त्री लालबाबु राउतलाई हटाएर नेकपाका नेता एवं तत्कालिन एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डललाई मुख्यमन्त्री बनाउने सहमति भएकोछ । यो सहमति केन्द्रको बजेट पारित तथा प्रदेशमा बजेट पठाएपछि कार्यान्वयनमा आउनेछ।
यति बेलासम्म भने राउत नै पदमा रहनेछन् । यो सहमतिसँगै राजपालाई सरकारबाट आउट हुने निश्चित भएको छ । अब प्रदेशमा नेकपा र फोरमको सरकार हुनेछ। केन्द्रमा पनि संविधान संशोधनको लिखित सहमति सहित फोरम सरकारमा सहभागी भइसकेको छ। यसैअनुसार प्रदेशमा पनि सहकार्यको वातावरण बनेको छ ।
0 Comments