मङ्सिर २४, आइतबार
श्रीकान्त  गुप्ता , जनकपुरधाम । देशभरीनै चर्चाको विषय बनेको धनुषा प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य  राजेन्द्र महतोले जित हात पारेका छन् ।

शनिबार अबेर राति निर्वाचन आयोगद्वारा घोषणा गरिएको मत परिणाम अनुसार नेपाली कांगे्रसका चर्चित नेता एवं पूर्ब  गृहमन्त्री  विमलेन्द्र निधिलाई २९१४ मतको अन्तरले महतोले पराजित गरेका हुन्। महतोले ३० हजार ७ सय ४२ मत प्राप्त गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी निधिले २७ हजार ८ सय २८ मत प्राप्त गरेका हुन्।


महतो आफ्नो गृहजिल्ला सर्लाही छाडेर धनुषाबाट उम्मेदवार बनेदेखिनै निकै चर्चित भएका थिए । आफ्नो जन्म भूमि गृहनगर धनुषानै भएका निधिलाई यसक्षेत्रबाट पराजित गर्नु निकै अप्ठ्यारो भएको आँकलन  गरिएको थियो। जितपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैं महतोले यो मधेसवादको जित रहेको बताए। उनले भने, मधेसी जनता मधेसको अधिकारका लागि संघर्ष गर्नेको पक्षमा रहेको कुरा मेरो जितले प्रमाणित गरेको छ’

यता, सोही निर्वाचन क्षेत्रबाट प्रदेश सर्भा ख’ मा राजपा नेपालकै उम्मेदवार परमेश्वर साहले जित हात पारेका छन्। साहले कांग्रेसका निकटतम प्रतिद्वन्द्वी श्यामप्रसाद साहलाई पराजित गरेका हुन्। 

अर्को निर्वाचन क्षेत्रबाट  प्रदेश सभा क  मा  नेपाली कांग्रेस का रामसरोज यादवले १५ हजार ६ सय ८५ बहुमत प्राप्त गारी बिजाई भएका हुन। उनले आफ निकटमा प्रतिद्वंदी राजपा का कबीन्द्र नाथ ठाकुर १४ हजार ४७ बहुमत प्राप्त गरेका छन।