बारा - मंसिर २६-(मंगलबार ) श्रीकान्ता कुमार गुप्ता -
प्रहरी र प्रशासनको चरन लापरवाहीले महागढीमाई नगरपालिकाको बरियारपुरमा १३ लाख भन्दा बढीको मालसामान सोमबार राति चोरी भएकोछ।
महा गढीमाई नगरपालिका वाड नं २ बरियारपुर बजारमा पसल भएको मनिशंकर प्रसाद साह कानुको पसलमा अज्ञात समुहका चोरहरुले चोरी गरेकोहुन। १० लाख भन्दा बढीको मालसमान एल एडी टी.भी २ थान ५०००० हजार , लैप टप १ थान रु ७५००० मोबाइल ३५ थान रु ३५००० , मोबाइल बटम १५० रु ३५०००, ब्रान्डडेड कम्पनका घडी १५० रु ७५०००, मेमोरी रु ७५००० अन्य समान रु १२०००० र नगद रुपैया ५०००० समेत चोरी भएको पीडित मनिशंकर प्रसाद साह कानुले जानकारी दिनुभएको छ।
शम्भु साहको होटलमा भएको गेट भाची भित्री पछाडी पटी भितामा होल पारी चोरी गरेको बरियारपुर प्रहरी चौकीका असई रामनरेश साहले जानकारी दिनुभएको छ। त्यस्तै दुई वर्ष अगाडि पारस सि डी र मनिभुसन कपडा दोकानको भितामा होल पारी चोरी भएको थियो ।प्रहरीलाई झुक्याएर अज्ञात समुहका चोरहरुले बारम्बार चोरी गर्नमा सफल भाइरहेकाछ्न । तर हाल सम्म अज्ञात समुहका चोरहरुलाई प्रहरीले पक्राउ गर्नमा असफल भएकाछ्न ।
बरियारपुरमा शस्त्र प्रहरी बेश क्याम्प पचास मिटर र प्रहरी चौकी सय मिटर दुरीमा रहेपनि प्रहरी र प्रशासनको नाकबाट चोरी भइरहेकोले स्थानीय ब्यापारीहरु भयबित त्रास भएकाछ्न।
दस बर्ष भित्रमा ५ पटक चोरी भइसकेको एक जना ब्यापारीले बताए। मनोज महतो पाचुर्न पसलम, रामचन्द्र साह कपडा पसल, मणिभुषन कपडा पसल, बैजनाथ कपडा पसल र अरबिन्द पार्चुन,संजय होटलमा समेत चोरी भइसकेको स्थानीब्यापारी बताए । बि स २०६४ फागुण ९ गते ब्यापारी मुक्ति साह कानुको पसलमा बम राखेको थिए
0 Comments