श्रीकांत गुप्ता
१४ पौष बारा,
बाराको कलैया उप—महानगरपालिका वडा नं. १० मटीअर्वामा जिपको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ र ४ जना बालक घाइते भएका छन् । स्थानिय केही बालकहरुले क्रिकेट खेल्ने क्रममा भारतीय नम्बरको गाडीले ठक्कर दिदा १ जना बालकको मृत्यु हुन पुगेको हो ।
नेपाल र भारतको सिमाना अवस्थित रहेको मटीअर्वामा भारतीय नम्बरको बोलेरो जिपले ठक्कर दिदा स्थानिय सुनिल साहको १० बर्षिय छोरा सुरज साहको घटना स्थलमै मृत्यु भएको हो । स्थानिय मटीअर्वाका केही बालबालिका क्रिकेट खेल्ने क्रममा भारतीय गाडी जिपले ठक्कर दिएको र ठक्कर दिने जिप र चालकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा स्थानिय सुरेन्द्र साहको १३ बर्षिय छोरा प्रदिप साह, कैलाश साहको १४ बर्षिय छोरा अर्जुन साह, हिरालाल साहको नाति÷नातिनि ४ बर्षिय सुमिक्षा साह कानू, ३ बर्षिय नन्दनी साह कानू रहेको बारा प्रहरीले जनाएको छ । घाइते बालकहरुलाई जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ ।

0 Comments