बारा - मंसिर - २१ बिहिबार ( नरेश गुप्ता ) बाराका प्रमुख जिल्ला अधिकारी बिजयनारायन मान्न्धर बारामा छिट्फुट घटना बाहेक मंसिर २१गते सम्पन निर्वाचन शान्ती पुर्वक सम्पन बताउनु भएकोछ।
बाराको महागढीमाई नगरपालिका वाड नं ६ मतदान केन्द्रमा ५ बजे पछि पनि स्थानिय मतदाताहरु मत हाल्ने विषयमालाई लिएर वाद बिवाद भएको स्थितिलाई नियन्त्रणमालि र पुर्ब सन्धया सम्म मतदान जारी राखेको वहाले बताउनु भयो ।
बाराको सबै मतदान केन्द्र र मतदान स्थलमा शान्तिपुर्वक मतदान समपन्न भयको Asiaonline khabar लाई जानकारी गराउनु भयो । आज समपन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वचान शान्तिपुर्वक सम्पन्न भएको र मतपेटिका मतदान स्थलबाट सदरमुकाममा ल्याउने तयारी भाईरहेको प्र जि अ मान्नधरर्ले बताउनु भयो ।
आज सम्पन्न निर्वाचनमा नेपाल प्रहरी शास्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाको टोलि परिचालन गरिएको थियो । आज सम्पन्न निर्वाचनमा बारा तीन सय तीन मतदान स्थल चार सय पचहत्तर मतदान केन्द्र कायम गरिएको थियो।
0 Comments