काठमाडौँ मंसिर २३ शनिबार
देशमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना भइरहेको बेला राता रात पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै अनेरास्ववियु र अखिल(क्रान्तिकारी)ले आपत्ति जनाएका छन् ।

निर्वाचन परिमाण संग भयभीत नेपाली काँग्रेस नेतृत्वको सरकारले जनअपेक्षा विपरीत अत्यावश्यक वस्तुमा मूल्यवृद्धि गरेर अलोकतान्त्रिक चरित्र देखाएको विद्यार्थी संगठनको अनेरास्ववियु र अखिल(क्रान्तिकारी) भनाइ छ ।

अखिल(क्रान्तिकारी)का महासचिव उत्तम अधिकारी र अनेरास्ववियुका महासचिव ऐन महरले आज एक प्रेश विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गर्नुभएको छ ।

कामचलाउ सरकारले निर्वाचनको समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर लोकतान्त्रिक गठबन्धनको बचेखुचेको साख समेत अन्त्य गरेको बिज्ञप्ति मा उल्लेख गरिएको छ ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ को मूल्यवृद्धि भएको भन्दै शुक्रबार खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र पेट्रोलमा प्रतिलिटर रु २ मूल्यवृद्धि गरेको थियो । यस भन्दा पहिला पेट्रोल को मूल्य रु ९७ रहेकोमा रु २ बृद्धि गारी नया मूल्य रु ९९ कायम गरिएको छ।