नेपालमा क्रीस्चियनहरुको आगमन सन १६२८ मा राजा लक्ष्मीनर्सिङ मल्लकालमा भएको देखिन्छ। पुर्चुगालका क्रीस्चियन धर्मगुरु जुयान कार्बल क्रीस्चियन धर्मको प्रचारको लागि राजा बाट ताम्रपत्र ग्रहण गरि क्रीस्चियन धर्म प्रचार गर्न अनुमति लिएका थिए । सन १७०७ फरवरी २१ मा दुई जना क्रीस्चियन धर्मगुरु रोम बाट क्रीस्चियन धर्म प्रचारको लागि काठमाडौं आएका र लगभग ५४ वर्ष सम्म काठमाडौंमा बसेर धर्म प्रचार गरेका रहेछ्न,उनीहरूले मुख्यत काठमाडौं उपत्यकालाई आफ्नो धर्म प्रचारको लागि रोजेका थिए।क्रीस्चियन गुरु ट्रेन्कुलिजले सन १७६० मार्च २४ मा नेपालमा पहिलो चर्च काठमाडौंको वुटु टोलमा निर्माण गर्न लगाएका थिए र चर्चको नाउँ "द एस्मसन अफ आवर लेडी" राखेका थिए त्यही चर्चमा उनले ५७ स्थानीय नेवारलाई धर्म परिवर्तन गराउन "दीक्षित" गर्न सफल भएका थिए ।


 सन १७६९ मा पृथ्वीनारायण शाहको उपत्यका कब्जा पछि क्रीस्चियन धर्म गुरु समेत ५७ नव क्रीस्चियनलाई नेपाल बाट लखेटेर भारतको बेतिया भन्ने स्थानमा पुर्याएका थिए र त्यस पछि क्रीस्चियनको मिशनरी धर्मगुरु क्रीस्चियन धर्म प्रचारक सन १९५० सम्म नेपाल छिर्न न सकेको इतिहासमा लिपीबद्द छ।
@ उपलब्ध तथ्यांक अनुसार सन १९५१ मा क्रीस्चियनको संख्या शुन्य थियोे भने सन १९६१ मा क्रीस्चियनको संख्या ४५८ ,सन २००१ मा १०२००० र सन २०१० मा ३,७५००० र अहिले क्रीस्चियनको संख्या अनुमानित ११००००० को हाराहारीमा रहेको छ । नेपालमा चर्चको संख्या ९००० भंदा बढी रहको छ !