काठमाडौं - मंसिर २६ - क्षेत्र नं २ संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धनले प्रदेश २ मा प्रत्यक्षतर्फ बहुमत ल्याएको छ । ६४ सिटमध्ये यो गठबन्धनले ३४ सिट जितेको छ ।
वाम गठबन्धनले १९ एमाले १२ र माओवादी केन्द्र ७) सिट जितेको छ भने कांग्रेसले ८ सिट जितेको छ।
तर, पार्टीमा केही नेतालाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । उनीहरु मध्ये एक हुन् लालबाबु राउत । उनी पर्सा १ को खबाट प्रदेशसभा सदस्य चुनिएका छन् ।
दोस्रो संविधानसभामा सभासद रहेका उनी पार्टीका उपाध्यक्ष हुन् । नेताहरुका अनुसार उनले पार्टीले जिम्मेवारी दिए आफू तयार रहेको बताउने गरेका छन् तर, मुख्यमन्त्री को हुन्ने भन्ने पार्टी र गठबन्धनले निर्णय गर्ने भएकाले औपचारिक रुपमा केही बोलेका छैनन्
यस्तै राजपाबाट सम्भावित उम्मेदवार हुन् जितेन्द्र सोनल । उनी बारा ४ ख बाट प्रदेशसभा सदस्य चुनिएका छन् । पूर्व सभासद रहेका उनी मुख्यमन्त्री बन्ने सम्भावना देखेर नै प्रदेशमा गएका हुन।
राजपाका महामन्त्री मनिष सुमन पनि सप्तरी २ को ख बाट प्रदेशसभा सदस्य चुनिएका छन् । पार्टीको माथिल्लो तहमा रहेर काम गरेका लालबाबु र जितेन्द्रलाई मुख्य दावेदारका रुपमा हेरिएको छ
0 Comments