बारा -  श्रीकान्त गुप्ता  - खानपानमा नियन्त्रण गरि नियमित हिडडुल गरि प्रसस्त पानी पिउने गरेमा यो रोग लाग्ने सम्भावना कम रहन्छ । १) प्रतिदिन १-२ वटा हर्रो कुटेर चुर्ण बनाइ सख्खर सँग खाने । २) गुर्जोको रस पिएमा गठिया रोगको सुन्निने र दुख्ने कम हुन्छ । ३) अडिरको तेल सँग गुर्जोको रस मिलाएर सेवन गरेमा रोग निको हुन्छ । ४) तिल भुटेर दूध सँग पिसेर सुन्निएको ठाउँमा लेप लगाउदा सुन्निएको बस्ने र दुखेको कम हुन्छ । ५) जैतुनको तेलले प्रभावित ठाउँमा मालिस गरे पनि राहात मिल्दछ । ६) अदुवाको रस सेवन गर्दा पनि बाथ रोग कम हुन्छ । ७) जन्तुजन्य प्रोटिन, दाल गेडागुडी नगन्य मात्रामा खाने तथा अल्कोहल सेवन नगर्ने । ८) पारीजातको पातको उमालेर सो रस नियमित १५ दिन सम्म सेवन गर्ने ।