श्रीकांत गुप्ता
काठमांडू ,२२ 

बाराको कोल्हाबी बजारमा एक समारोहकोबिच नमुना बाख्रा संकलन केन्द्रको बुधबार उद्घाटन गरिएको छ। 

     संकलन केन्द्रको जनजागरण युवा क्लबका कोषाध्यक्ष सियाराम यादवले उद्घाटन गरेका थिए। सो अवसरमा बोल्दै यादवले संकलन केंद्र सञ्चालनमा आए पछि साना किसानहरुले पालन गरेको खसी,बख्राहरुले उचित मुल्य पाउने बताए। साना किसानको बाख्रा पालन गर्न उत्साह हुने र आम्दनी बढ़ी भई आयआर्जन हुने यादवले बताय। बाख्रा संकलन केन्द्रका अध्यक्ष हरिचन्द्र पनुहरको अध्यक्षतामा भएको कार्यक्रममा अनुप दिपनी उच्च माविका प्राचार्य केवल प्रसाद चौधरी ,एमाले बाराका जिल्ला सदस्य गोबिन्द पौडेल ,नेका कोल्हबी नगर अधयक्ष बीरेन्द्र चौधरी, पशु सेवा केन्द्र कोल्हबीको प्रबिधिक बिष्णुदेव यादव , महिला सघकी ज्ञानु केसी लगयतकाले संकलन केन्द्रलाई सञ्चालनमा सहयोग पुर्याउन पर्तिबद्ता गरे। साना किसान जीविको पार्जन संबद्धर्न परियोजना अंतर्गत युके ऐड , अड़रा युवेको सहयोग फवार्ड नेपाल , आईडी नेपाल , अड़रा नेपालको सहकार्य र जनजागरण युवा क्लबको आयोजनामा नमूना बाख्रा संकलन केंद्र बनाइये को छ। कार्यक्रम सञ्चालन बबिता चौधरीले गरेकोमा जनजागरण युवा क्लबका कृषि प्रविधिक् प्रभु यादव पशुप्रविधिक अजय साह , रामप्रताप साह , सामाजिक उत्प्रेरक दिलीप चौधरी लगायतको उपस्थिति रहेको थियो।