श्रीकान्त गुप्ता
काठमाण्डौ -२३।
निर्वाचन
आयोगले आशोज २ गते
तेस्रो चरणमा हुने प्रदेश नम्बर २ अन्तर्गत रहेको बारा जिल्लाको स्थानीय तह
निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता बिरुद्ध बिहीबार दावी बिरोध गर्ने समय
दिएको थियो। बुधवार दर्ता भयका उमेदवार बिरुद्ध दाबी बिरोध गर्न सकिने भएकाले बाराका
केहि निर्वाचन कार्यालयमा दाबी बिरोध समेत गरेका छन। सर्वसाधारणले पनि उजुरी दर्ता
गर्न पाउने प्रावधान रहेकाले बाराका ५ जना उमेदवार माथि दावी बिरोध परेका बारे
जिल्ला निर्वाचन कार्यालय बारका सुचना अधिकारी कलाम हुसेनले जानकारी दिए।
दाबी बिरोध पर्नेमा नेकपा
एमालेका उमेदवार रहेका निजगढ़ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका उमेदवार
जयराम कुबेर रहेका छन। उनिमाथि दोहरी नागरिकता लिएका अभियाग लगाइएका छन। तेसै गरी
महागढ़ीमाई नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्षमा मवोवादीकेन्द्रका उमेदवार शशी
कान्त मिश्र रहेका माथी दावी बिरोध परेका छन। उनिमाथि ठगी सरकारी छाप तथा कीर्ते
दस्तखत अभियोग लगाइयेका छन। साथै कलैया उप्माहनगरपालिकामाँ एमालेका तर्फबाट वडा
नम्बर १० का वडा अध्यक्षका उमेदवार कपिलदेव प्रसाद कानु माथी आदालतबाट सजाय पाएका
अभियोग लगायका छन। भने नेपाली कांग्रेका सो वडाका वडा अध्यक्षका उमेदवार धन्सुंदर
प्रसाद कुशवाहा माथी नुर हसन मिया धुनियाले दावी बिरोध गरेका बारे निर्वाचन
कार्यालय बाराका सुचना अधिकारी कलाम हुसेनले जानकारी दिए।
तेसैगरी जितपुर सिमरा उपमहानगरपालिकका वडा नम्बर १३ का वडा अध्यक्ष माँ एमालेका उमेदवार राजेन्द्रप्रसाद सिंह थारू माथि दावी बिरोध परेका छ। .ऊनीमाथि नेपाल सरकारको शिक्षक पदमा जागीर गरी अवकाश पश्चताप पेन्सन बुझि रहेका अभियोग लगाएका बारे सूचना अधिकृत हुसेनले बताए।
भोली उमेदवारी फिर्ता र भोली नै अन्तिम नामावली प्रकाशित हुनेछ। प्रदेश नम्बर २ का अंतर्गत रहेका बारामा १६ औ स्थानीय तहका आकांक्षी उमेद्वारहरुले हिजो उमेदवारी मनोनयन दर्ता गराए का हुन।
१६ वटा स्थानीय तहका ३ लाख ३४ हजार ७ सय ४६ मतदाताले ८ सय ६७ जनप्रतिनिधि निवाचित गर्ने छन। निर्वाचन आयोगका अनुसार बारामा ३ सय ३ मतदान स्थलमाँ ४ सय ५८ मतदान केन्द्र रहेका छन। मतदान कार्यमा सुरक्षाकर्मीबहेक ४ हजारको हरहरिमा कर्मचारी खटिने छन।
0 Comments