एजेन्सी२२ - भदौ । चीनले एक पटकमा १४ सय यात्री अट्ने बस बनाएको छ । यसको परिक्ष्ण समेत गरिएको छ । ट्रान्जिट एलिवेटेड बस मेट्रो रेलको तुलनामा सस्तो रहेको बताइएको छ ।
ट्रान्जिट एलिवेटेड बस (टीईबी–१) लाई हेबेई प्रान्तको क्विनहुआनग्दाओ शरहमा परिक्षण गरिएको चीनको सरकारी पत्रिका पिपल्स डेलीले जनाएको छ ।
पिपल्स डेलीका अनुसार २२ मिटर लामो र ७.८ मिटर चौडाई भएको बसका लागि सडकमा छुट्टै ट्रयाक बनाइएको छ । यो बस कुदेको बेला आफ्नो मूनी एक सुरुङ बनाउँछ । जसमा कार आरमले गुड्न सक्ने बताइएको छ । यो बसले वायू प्रदुषण समेत कम गर्ने छ ।
यो बर्षको मे मा चीनको कम्पनीले यो बसको तस्विर सार्वजनिक गरेको थियो । यसलाई ल्याण्ड एयरबसको नाम समेत दिइएको छ । यो बस अधिकतम ६० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने बताइएको छ ।
टीईबी प्रोजेक्टका मुख्य इन्जिनियर एसोङ योउझोउले भनेका छन्, ‘यो बसको सबैभन्दा ठूलो फाइदा यो हो की यसले सडकको धेरै ठाँउ बचाउँछ । मेट्रो भन्दा यो ८४ प्रतिशत सस्तो हो ।’
एक टिईबी ४० सामान्य बस बराबर हो । ४० बसको खर्चको तुलना गर्दा यसले ८०० टन तेल बचाउने बताइएको छ । कार्वन उत्र्सजनमा पनि २,४८० टनको कमी आउने बताइएको छ । एजेन्सी
0 Comments