श्रीकांत गुप्ता
काठमांडू ,२२ 
बाराको दुइ उपमहानगरपालिका सहित १६ वता स्थानीय तह मा बुधबार उत्साह पुर्बक शांति पूर्ण मनोयन दर्ता भएका छन। 

प्रदेश  न. २ का  लागि यही असोज २ गते तेश्रो चरणको स्थानीय चुनाव का लागि बुधबार मनोयन दर्ता गरिएको हो। जिल्लाका १६  वटै स्थानीय तह्हरुमा आ आफ्नो समर्थकहरुले ठुलो शंख्यामा दलहरुका उमेद्वारहरुले आ आफ्ना तोकियेक़ो स्थानहरुमा रहेका निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गरायका थिए। बाराका दुइ वटा कलैया र जीतपुरसिमरा उपमहानगरपालिका, ५ वटा नगरपालिकहरु निजगढ, कोल्हबी, महागढीमाइ, सिमरौनगढ़, पचरौता र ९ वटा गाउँपालिकाहरू करैयामाई, बारागढ़ी, आदर्श कोतवाल, देवताल, सुवर्णपुर,, फेटा, परसौनी, परवानीपुर, बिश्रामपुर, दलहरुका उमेदवारले मनोयन दर्ता गराएका हुन।

कलैया उपमहानगरपालिकामा ७ जना स्वतन्त्र उमेद्वारसहित १६ जनाले प्रमुख पदमा उममेदवारी दिएका छन। प्रमुखमा पदका लागि नेपाली काँग्रेसका तर्फबाट राजेश प्रसाद यादव, नेकपा एमालेको तर्फबाट बिनोद प्रसाद साह, नेकपा माओबादी केन्द्रका तर्फबाट मुकेश साह, संघीय समाजवादी फोरम नेपालबाट प्रमोद प्रसाद गुप्ता, राष्ट्रिये जनता पार्टीबाट जयप्रकाश साह तेली, नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट महमदशानी ठकुराई, नेपाल मजदुर किसान पार्टीका तर्फबाट रेन्जुदेवी साह, बहुजनशक्ति पार्टीका तर्फबाट दिपेन्द्र पासवान, रास्ट्रिये प्रजातन्त्र पार्टीका तर्फबाट लालमुनि लोहार ठाकुरले  उमेदवारी दर्ता गराएका छन। यसैगरी प्रमुख पदमा सरलमिया जोलाह, मंजुदेवी कुशवाहा, घरभरनदेवी तेलीन,  नन्दन गुप्ता, गिरी प्रसाद यादव, महमद अंसारी, ब्रह्मदेव महतो कुशवाहा गरी ७ जनाले स्वतन्त्र उमेदवारी दिनुभयको मुख्य  निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभएको छ।


यस्तै कलैया उपमहानगरपालिकामा उप-प्रमुखतर्फ २ जना स्वतन्त्र सहित ११ जनाले उमेदवारी दर्ता गराएका छन। नेपाली कांग्रेसबाट रहिमा खातुन , एमलेबाट प्रतिमा यादव, माओवादी केन्द्रबाट नजमा खातुन, संघीय समाजवादी फोरम नेपालबाट लक्षमीदेवी पटेल, राष्ट्रिये जनता पार्टीबाट पिंकी कुमारी यादव, नेपाल मजदुर किसान पार्टीको तर्फबाट मुक्तिप्रसाद यादव, लोकतान्त्रिक फोरमबाट ललिता कुमारी, राष्ट्रीय प्रजातन्त्र पार्टीबाट द्धारिका प्रसाद साह कानु, नेपाल परिवार दलबाट बिनेश प्रसाद चौधरीले उमेदवारी दिनुभएको छ। राजेश कुमार साह र महमद फ़िरोजले स्वतन्त्र  उमेदवारी दिनुभएको छन।
यसै गरी बाराकै अर्को जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुखमा ६ जना स्वतन्त्र उमेदवार सहित १५ जनाको उमेदवारी  परेको छ।
                              नेपाली काँग्रेसबाट कृष्णप्रसाद पौडेल, नेकपा माओबादी केन्द्रबाट राजन पौडेल, राप्रपाबाट सोमराज उप्रेती, राष्ट्रिय जनमोर्चाबाट धर्मानन्द पाध्या, रास्ट्रिये जनता पार्टीबाट अखिलकुमार सिंह, बहुजन शक्ति पार्टीबाट रामदेव महरा, नया शक्तिबाट अमानुल्लाह अंसारी, नेपाल लोकतान्त्रिक फोरमबाट राजकुमार चौधरीले प्रमुख पदमा उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृत भीमप्रसाद भुरतेलले बताए। येस्तै स्वतन्त्र उमेदवारी दिनेमा टंक घिमिरे, मिनबहादुर कार्की,  कुमार ख़ातिवडा, बिनोदकुमार साह, जागेश्वर गिरी, र केशव थापा रहेको निर्वाचन अधिकृत भुरतेलले जनाय। यसैगरी जितपुरसिमरको उपप्रमुखमा नेपाली काँग्रेसबाट नारायणी रायमाझी, नेकपा एमलेबाट सरसवतीदेवि  चौधरी, नेकपा माओबादी केन्द्रबाट ग्रन्तिदेवि  थारुनी, राष्ट्रीय जनमोर्चाबाट उर्मिलादेवी सापकोटा र नयाशक्तिबाट तैरुल नेसा खतुनको उमेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।