निकै लामो अन्योल र प्रतीक्षा पछि हुन लागेको प्रदेश न. २ को स्थानीय निर्वाचन ले अहिले देशकै ध्यान तनेको छ। मधेश केंद्रित आंदोलन गरेका राष्ट्रीय जनता पार्टी नेपाल समेत सहभागी हुने भएपछी आगामी आसोज २ गते हुने चुनाव का लागि चहलपहल निकै बढिसकेको छ। यस क्रम मा मधेश आन्दोलनको केंद्रबिंदु मानिने बीरगंज महारनगरपालिकामा धेरै को ध्यान केंद्रित भएको छ। प्रदेश न. २ को एक मात्रा महानगरपालिका,मधेश आंदोलन को प्रमुख केंद्र बिंदु तथा आर्थिक एवं औधोगिक नगरी को रूप मा चिङियाको छन। मधेश केंद्रित दलका लगी यो त प्रतिष्ठा को विषय नै बनेको छ। बीरगंज मुख्यतया प्रमुख सत्तारूढ़ दल नेपाली कांग्रेश को आधार क्षेत्र मनिन्छ। पहिलो र दोश्रो चरणमा चुनाव भएका चार महानगर मध्ये २वाता मा जीत हात परेको कांग्रेस बिरगंज महानगरपालिकामा जीत हात पारेर महानगरमा एमाले भन्दा अगाडि हुन चाहन्छ। चुनाव भएका चार महानगर मध्ये एमाले काठमांडो र पोखरा ,कांग्रेस ललितपुर र बिराटनगरमा जीत हासिल गरेको छ। त्यसै ले अब यो महानगर प्रमुख दलहरु र मधेश केंद्रित दलको शक्ति परिक्षण को थलो बनेको छ। ६ महीना लामो नाकाबंदी, २ बर्ष सम्मको सड़क आंदोलन र भर्खरै को बाढ़ी तथा डुबानको चपेटमा परेका जनता लाइ आफ्नो पक्ष मा पार्न दलहरुले मधेश झरि सकेका छन।

0 Comments