एजेन्सी , बलिउड अभिनेता  तथा सुपर स्टार रणबिर कपुरका पिता ऋषी कपुर आज ६५ वर्षका भएका छन् । बलिउडमा ७०-८० को दशकमा एक छत्र राज गरेका ऋषी कपुरले राज कपूरको फिल्म ‘मेरा नाम जोकर’ बाट बलिउडको यात्रा सुरु गरेका थिए । ऋषी कपुर बलिउड फिल्मका लेजेन्ट पृथ्बी राज कपुरका नाती तथा राज कपुरका छोरा हुन् ।

ऋषी कपुरले ‘मेरा नाम जोकर’ बाट राष्ट्रिय अवार्ड पनि हात परेका थिए । ऋषीले आफ्नै को-एक्टर नीतू सिंह सँग  १९८० मा विवाह गरेका थिए । सन् १९७३ देखि १९८१ सम्म ऋषी र नीतूले १२ वटा फिल्ममा एकसाथ काम गरेका थिए । ऋषी र नीतूको दुइ सन्तान रिद्धिमा र रनबीर हुन् ।  रनबीर बलिउडका अहिलेका चल्तीका सुपरस्टार हुन् भने रिद्धिमा सफल ड्रेस डिजाइनर हुन्  ।

ऋषी र नीतूको जीवनमा विवाह पछि धेरै ट्वीस्ट आएको बताइन्छ । १९९० बाट उनीहरुको सम्बन्धमा निकै उतार चढाव आएको थियो । ९० को दशकमा एक पछि अर्को फिल्म असफल भएपछि अत्याधिक मदिरा सेवन गर्न थाले ऋषीले कुटपिट गर्न थाले पछि नीतूले ऋषीको विरुद्ध डोमेस्टिक भायोलेन्सको पुलिस केस  समेत दर्ता गरेकी थिइन् । सम्बन्धमा दरार आएपछि नीतूले घर छोडेर सैलुन व्यवसाय गर्न थालेकी थिइन् । समय सँगै  सम्बन्ध सुधार भएपछि नीतू घर फर्किएकी थिइन् ।