बारा - भाद्रो - २० -श्रीकान्त गुप्ता -  नेपाली कांग्रेसले २ नं प्रदेशमा उमेदवारको नाम सर्बजनिक गरेकोछ।

कांग्रेसले वीरगन्ज महानगरपालिका प्रमुखमा अजय द्विवेदी, उपप्रमुखमा शान्ति कार्की, बौदरमाई नगरपालिका प्रमुखमा जितेन्द्र साह, उपप्रखुमा निर्णय हुन बाँकी, पर्सागढी नगरपालिका प्रमुखमा लोकनारायण यादव, उपप्रमुखमा पटियादेवी थरुनी, पोखरिया नगरपालिका प्रमुखमा रामेश्वरप्रसाद रौनियार, उपप्रमुखमा रेहना खातुन, विन्दबासिनी गाउँपालिका प्रमुखमा चन्द्रकिशोरप्रसाद बराई, उपप्रमुखमा किरणदेवी गुप्ता, धोविनी गाउँपालिका प्रमुखमा सुरेशप्रसाद कुर्मी, उपप्रमुखमा मञ्जुदेवी, सिपहीमाइ गाउँपालिका प्रमुखमा रामेश्वर महतो, उपप्रमुख शैलदेवी राजपुत, ठोरी गाउँपालिका प्रमुखमा जरिलाल लामा, उपप्रमुखमा गीतादेवी विष्ट छन् । बाँकी पालिकाको उम्मेदवार सम्भवत आज सोमवारै सार्वजनिक हुने बुझिएको छ ।

बारा

कलैया उपमहानगरपालिका प्रमुखमा राजेश यादव, उपप्रमुखमा रहिना खातुन, सिम्रौनगढ नगरपालिका प्रमुखमा विजयशंकर यादव, उपप्रमुखमा रीताकुमारी देवी, निजगढ नगरपालिका, सिमरा जीतपुर उपमहानगरपालिकामा निर्णय हुन बाँकी छ । गढीमाई नगरपालिका प्रमुखमा उपेन्द्रप्रसाद यादव, उपप्रमुखमा तारादेवी कानु, कोहल्वी नगरपालिका प्रमुखमा मुरलीधरप्रसाद चौधरी, उपप्रमुखमा सुभद्रा धिमाल, पचरौता गाउँपालिका प्रमुखमा किशोरीप्रसाद यादव, उपप्रमुखमा रञ्जुदेवी चौरसिया

रौतहट 
गौर नगरपालिका र चन्द्रपुर नगरपालिका निर्णय हुन बाँकी, राजदेवी नगरपालिका प्रमुखमा धीरेन्द्रकुमार सिंह, उपप्रमुखमा निर्णय हुन बाँकी, ईशनाथ नगरपालिका प्रमुखमा कौशिल्यदेवी उपप्रमुखमा शेषकलाम हुसेन, करुहा नगरपालिका प्रमुख शेष वकिल, उपप्रमुख सुगन्धी गिरी, राजपुर नगरपालिका प्रमुखमा सकिल अख्तर, उपप्रमुखमा जखिरा खातुन, बोधिमाई नगरपालिका प्रमुखमा नवलकिशोर साह, उपप्रमुखमा किरणकुमारी पटेल, गरुडा नगरपालिका प्रमुखमा सुनिलकुमार यादव, उपप्रमुखमा रंगीलाकुमारी जैसवाल, गुजरा गाउँपालिका प्रमुखमा शेष राउत, उपप्रमुखमा रत्न लामा, कटरिया नगरपालिका प्रमुखमा अजयप्रकाश, उपप्रमुखमा प्रमिला कुशवाह