गढीमाई मेलामा के चढाइनेछ?


नेपाल सरकारको आदेश विश्व प्रसिद्ध गढीमाई मेलामा सात किसिमको हजारो हजार बलि चढाउने प्रथा यस पालिको मेला देखि रोकिनेछ। बलि चढाउने स्थानमा पशुहरुलाई प्रहरी र प्रसाशनले आफ्नो कब्जामा लि बलि चढने प्रथा रोकिनेछ। कस्तो किसिम भाकेको चढावा चढाउनेछन ? हत्या गर्ने बाहेक सबै चढावा चढईनेछ। जस्तै मिठाई , परेवा उडाउने , अनाज आदि खाने चिज भाकलमा चढाईनेछ।


सरकारको नीति ? मधेसमा भएको प्रसिद्ध स्थललाई कम्जोर पार्ने हो कि ?


केहो सरकारको नीति वास्तौमा मधेशमा भएको महा गढीमाई स्थलमा मात्र बलि सुधार गर्ने नीति हो कि नेपाल भरीका मंन्दिरमा बलि चढावना सुधार गर्ने नीति हो मात्रा महा गढीमाईमा बलि रोकिने र नेपाल भरिका सबै मंन्दिरमा बलि चढावना चढाउने पाउने हो भने मधेशको प्रसिद्ध स्थललाई कम्जोर पार्ने सरकारको नीति हो  त्यस्तै पहाडमा हरेक दिन हजारो संख्यामा भैंसा र खसी बोका काटेर जिब्राको लागि खादैछ्न तर यसको सुधारको लागि कुनै वास्ता छैन सरकारले खसी पाल्न भैंसा मुर्गा पालनमा सहयोग गर्दैछ्न पशुलाई काटेर खान पाउछ। तर बलि दिन पाउदैन ।


                 किन भकिन्छ। बलि ?


भुमी पुत्र , देश पुत्र , जीवन पुत्र , राष्ट्र पुत्र , सैनिक पुत्रको लागि भक्तजनहरुले भाकल भक्ने गरिन्छ। बाझ बाझिनलाई संन्तान नहुदा भैंसा, बोका , परेवा , आदि भाखल भक्दा संन्तान बालबच्चा भएपछि गढीमाईमा बलि चढाउन पशु लिएर आउँछ। यसमा नेपाल सरकारको आँखा लागेको हो । के बलि भाखल बन्द हुन्छ ?


            बलिको लागि पशु ल्याइएको हुन्छ त्यो पशु सरकारले कसको जिम्मा लगाउछ ? 


गढीमाईको मेलामा बलिको लागि ल्याइएको हजारो हजार पशुलाई  सरकारले कसको जिम्मा दिन्छ। ? सरकार आफै पालन पोषण गर्छ ? कि ट्रस्ट्को हाथमा दिन्छ ? कि सरकारले आफैले काठमाडौको पशुको मासु खरिद बिक्री हुने बजारमा पुर्याउछ। बलिको लागि ल्याईएको पशुलाई सरकारले पाल्ने काम त गर्दैन कुनै बहाना मासु बिक्री हुने बजारमा पुर्याउनेछ। बलिको बहानाले त हत्या न गर्ने तर खाने बहानामा त हत्या गर्न पाउनेछ।


      पशु बलि राम्रो हो  कि होइन ?


वास्तवमा पशु बलि राम्रो होइन मात्र पशु बलि पनि होइन देशमा हुने कुनै किसिमको पशु हत्या गर्नु महा पाप्प हो तर सरकारले देश भित्र पशु खानको लागि पुरै देश भरी पशुलाई घाँटी रेतेर हत्या गर्न सकिन्छ।तर भाखलको लागि हत्या गर्न सक्दैन। हाम्रो नेपाल सरकारको पशु हत्या रोक्ने यहि आदेश  हो। जनता आफै बिचार गर्नुस । सरकारको नीति के हो 


सरकारले कसरी पशु बलिमा रोक लगाउनु पर्छ?


नेपालमा पशु हत्या रोक्नको लागि सबै जनताले एक हुनुपर्छ। सकाहारी र मंसहारी बिच भेद जनताको अगाडि ल्याउनु पर्छ। मंसहारी खानाबाट विभिनन किसिमको रोग उत्पन जस्तै ब्लड फुलु , मधुमेह जुन  जनावरको मासु खाने हो त्यो जनावरको शरीरमा रोग भएको त्यो मासु खादा लाग्ने रोगको बारेमा जनतालाई बताउनु पर्छ। मांसहारी खानाबाट मानिसको आत्मा र मनलाई घृना गराउनु पर्छ।सरकारले पशु हत्या गर्नेलाई कडा भन्दा कडा सजाय दिनु पर्छ। तब देशबाट पशु हत्या बन्द हुनेछ । हत्या बन्द गर्नको लागि हत्या बारे प्रचार प्रसार गर्नु पर्छ ।


तब सरकारको सही आदेश हुन्छ। नत्र मधेस र पहाड बिच भेद भव गरेर पशु बलिमा रोक लागेकोछ।


के देशको पार्टीहरु मिलेर पशु हत्यामा रोक लगाउन सकिन्छ ?


नेपाल देशमा भएका विभिनन पार्टीहरुले मिलेर पशु हत्या बन्द गर्न सकिन्छ ?


             ।।    लेखक - श्रीकान्त कुमार गुप्ता     ।।
                       महा गढीमाई बरियारपुर


यदि लेखाइ राम्रो हो भने मलाई सेयर गर्नुस   धन्यवाद