काठमाडौं - सावन -३० -श्रीकान्त गुप्ता -
सप्तरीको कुलारी गाउँका देवकुमार सदाले आफ्ना आठ वर्षीय भतिज कमल सदालाई कोशी नदीमा बगाएर अन्तिम संस्कार गरेका छन्।

बिरामी भएका कमल ग्रामीण भेगका बासिन्दा थिए। अबिरल बर्षा तथा बाढ़ी ले गर्दा उपचार का लगी अस्पताल सम्म पुग्न न सकेर आकाल मैं ज्यान गुमाएका हुन।
सामाजिक रीतिरिवाज तथा परम्परा अनुसार बालक को मृत्यु पश्चात गाडेर अंतिम संस्कार गरिन्छ। तर गाउँमा चारैतिर बाढीको पानीले जलमग्न भएकाले अंतिम संस्कार गर्ने ठाउ नपाएर परिवारका सदस्य ले नदीमा बगाएर अंतिम संस्कार गर्ने निर्णय गरेका हुन.
आइतवार कोशी नदीमा गरिएको कमलको अन्तिम संस्कारको मार्मिक तस्वीरहरु

0 Comments