राजविराज - जेठ - २७ - राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सरकारले सेना परिचालन गरि स्थानीय तहको चुनाव जबरजस्ती गराउन खोजिए भने देश बर्वाद हुने बताएका छन् ।
राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान संशोधन बिना कुनै पनि हालतमा राजपा चुनावमा नजाने दावी गर्दै नेता महतोले भने मधेशमा सरकारले सेना परिचालन गरी जबरजस्ती चुनाव गराउन खोजिमा तत्कालिन माओवादीको जस्तै जन विद्रोह अवस्था आउन सक्छ। मधेस देश अलग हुन सक्छ। हुन्छ । महतोले भने अहिले नेपाली मिडियाहरुले राजपाको बरेमा जनतामा थरीथरीका भ्रमहरु फैलाउने कार्यमा लागेका हुन त्यस्ता भ्रममा नपर्न आग्रह गरे । मिडयाहरुसँग हाम्रो विनम्र आग्रह छ, मधेसको माग के छ ? के भन्छ मधेसी नेता ? यतिकुरा मात्र कमसेकम लेखिदिन नेपाली मिडिया संग आग्रह गरे उनले भने ‘मधेसी जनताको भावना अनुसार नै ६ ओटा मधेशवादी पार्टीहरु एक भयौं र अहिले पनि हामी जनताकै भावना अनुसार चल्नेछौं ।’आन्दोलनमा ज्यान गुमाएकाहरुलाई शहिद घोषणा नभएको आन्दोलनकारीहरुमाथि लगाईएको झुठा मुद्दा फिर्ता हुन नसकेको, स्थानीय तहको संरचना बढाउन नसकेको, भाषा, नागरिकता लगायतका महत्वपूर्ण सवालहरुलाई सम्वोधन नभईकन आफुहरुको चुनावमा नजाने भताए।
0 Comments