बारा - बैशाख २७ , श्रीकान्त कुमार गुप्ता - बजारमा तरकारी ब्यापारीहरुले बैशाखको चरको घाममा सास्ती भोग्नु परेकोछ।
महा गढीमाई नगरपालिका २ बरियारपुरमा रहेको तरकारी बजारमा सेडको व्यवस्था नभएको हुदा तरकारी ब्यापारीहरुले बैशाखको चर्को घाममा तरकारी बेच्न बाध्य भएकाछन। ब्यापारीहरुले भुइमा पलास्टिक , त्रिपाल , बोरा चटी बिछायर तरकारी बेच्दैछ। वर्षा हुदा बजारबाट पानी निस्किने कुनै ब्यवस्था नभएको हुदा बजार होल्लो रहन्छ । हिल्लोमा ब्यापारीहरुले पनि सास्ती भोग्नुपर्छ।
बजारमा शौचालय नहुदा बाहिरबाट आएको उपभोक्ता , ब्यापारीहरुले बजारको छेउछाउमा दिसा पेशाब फेर्न बाध्य भएकोछ। बजार दिन प्रति दिन दुर्गन्धित बन्दै गएकोछ। बजारमा जथाभावी फोहरहरु पलास्टिक , चप्पल , जुता , पराल , तरकारीका कच्चरा फ्याकिएका रहन्छ।
बि : स २००३ देखि लाग्दै आएको बरियारपुर बजारमा सेड र शौचालयको सुबिधा अहिले सम्म भएकोछैन ।यहाँका स्थानिय निकाय जिल्ला बिकाश समिति र बजार ब्यवस्था समितिले यस माथी कुनै चासो देखाइएको छैन ।
0 Comments