बारा - जेष्ठ - ६ - , श्रीकान्त गुप्ता -
बस चालको चरण लापरवाहीले बाराको जितपुर सिमरा उपमहानगरपालिका अन्तरगत अ्मलेखगंञगमा आज बिहान बस दुर्घटना हुदा ३ जनाको मृत्यु र २५ जना भएकोछ।
काठमाडौबाट जनकपुर तर्फ आउदैगरेको ना ७ ख १६४१ नम्बरको बस अनियन्त्रित भई पल्टिदा ३ जनाको मृत्युको भएकोछ। मृत्युमा पर्ने धनुषा जिल्ला गा बि स सिर्सिया ३ मा बस्ने ३३ बर्षिय गर्भवती महिला किराण साह , महोतरीका जिल्ला गा. बि. स रतौली ६ मा बस्ने बल्ला प्रसाद यादव र एक जनाको नाम खुल्न बाकी रहेको मध्यक्षेत्रीय ट्र्फिक कार्यालयले पथलैयाले जानकारी दिएकोछ।
दुर्घटनामा २५ जना घाईते भएकोमा ६ जनाको अवस्था गम्भिर रहेको छ । घाईते मध्ये गम्भिर ६ जनाको बिरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भैरहेको छ भने बाकि घाईतेलाई बिरगंज नारायणी अस्पतालमा उपचार भईरहेकोछ।
0 Comments