काठमाडौ - चैत - १२ , श्रीकान्त गुप्ता - काठमाडौ उपत्यकामा शुक्रबार राती ८ बजे अचानक मौसम बदल असिना पानी परेको छ।

मेगगर्जनसहित असिना पानी परेपछि काठमाडौं
उपत्यकाका सडकमा जलमग्न भएका छन।
स्थानीय वायुको प्रभावका कारण लामो समयदेखि विकास भएको प्रणालीले बदलीसँगै असिना र वर्षा गराएको मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँको उत्तरतर्फकोभेगमा भारी असिना वर्षात् भएको छ । यो केही समय रोकिए पनि बदल रातभर रहनेछ ।

स्थानीय वायुको प्रभावका कारण असिनासहितको वर्षात् भएको र यो प्रणाली
उत्तरबाट दक्षिणतर्फ झर्दै गएको असर देखिएको मौसमविद श्रेष्ठले बताए।

आज काठमाडौँ उपत्यकाको अधिकतम २३ र न्यूनतम तापक्रम १२ डिग्रिसेल्सियस रहेको मौसम महाशाखाले जनाएको छ ।