काठमाडौं - चैत ८ ,
विश्वका अर्बपतिहरूको सूचीमा यस पालि पनि नेपालका उधोगपती बिनोद चौधरीले रहेको अमेरिकी पत्रिका फोब्र्समा  सार्वजनिक गरेको छ ।

‘फोब्र्सले सार्वजनिक गरेको सूचीअनुसार उनी १ हजार ५ सय ६३औं स्थानमा छन् । उनको सम्पत्ति १.३१ बिलियन डलर रहेको छ । विगतको तुलनामा चौधरी यसपटक सूचीमा १० स्थान माथि उक्लेका छन् ।

त्यसैगरी, उनको विगत वर्षभन्दा यसवर्ष २० लाख डलर सम्पत्ति बढेको पनि उक्त पत्रिकाले उल्लेख गरेको छ ।

चौधरीले पहिलो नेपाली हुन । सन् २०१३ मा पहिलोपटक  अर्बपतिको सूचीमा परेका थिए ।  चौधरी ग्रपका कम्पनी नेपाल भारत लगाएत देशहरूमा संञ्चालित रहेकाछन।