काठमाडौँ । चैत ३ , बर्तमान नेकपा माओवाद सरकारले स्थानीय तहको निर्वाचन अघि सीमाङ्कन बाहेकको संविधान संशोधन पारित गर्ने प्रस्ताव अघि सारेको छ ।
सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बीच   बुधबार सिंहदरबारमा भएको भेट वार्तामा प्रधानमन्त्री पुष्पकमल दहाले  संविधान संशोधन प्रस्तावमा रहेको नागरिकता, भाषा, राष्ट्रिय सभामा , प्रतिनिधित्वको विषयलाई तत्काल पारित गर्ने र सीमाङ्कन सम्बन्धी तथा अन्य निर्वाचनपछि संशोधन गर्ने  प्रस्ताव राख्नुभएको तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताउनुभयो ।

मोर्चाले सरकारमा दिएको समर्थन फिर्ता लिने स्पष्ट पार्दै  सीमाङकन बिना कुनै पनि प्रस्ताव  मान्य नहुने ठाकुरले आफ्नो धारण राखे ।बार्तामा  प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा सङ्घीय मामिला एवम् स्थानीय विकासमन्त्री कमल थापा, तमलोपाका अध्यक्ष ठाकुर, सद्भावना पार्टीका अध्यक्ष महतो, सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष
राजेन्द्र श्रेष्ठ, तराई– मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवलगायत सहभागी हुनुभएको थियो।