काठमाडौं : श्रीकान्त गुप्ता फागुन २८ , हिजोसम्म १४ अञ्चल, ७५ जिल्ला, दुई सय १७ नगरपालिका, तीन हजार एक सय ५७ गाउँ विकास समितिलाईda सरकारले खारेज गरिएकोछ।

सरकारले २०७३ फागुन २७ गते राजपत्रमा सूचना  गरी  सात सय ४४ गाउँपालिका , दुई सय ४६ नगरपालिका  , १३ उपमहानगरपालिका र ४ महानगरपालिका बनाएर घोषण गरेकोछ।

काठमाडौं, ललितपुर, भरतपुर र पोखरालेखनाथ नामका  महानगरपालिका   बिराटनगर,  इटहरी, धरान, जनकपुर, हेटौंडा, जीतपुरसिमरा, कलैया,
वीरगञ्ज, बुटवल, तुल्सीपुर, घोराही, नेपालगञ्ज र  धनगढी  उपमहानगरपालिका  बनाइएका छन्
संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले शुक्रबार प्रकाशित राजपत्र देखाउँदै गाउँपालिका र नगरपालिका कार्यान्वयन सुरु भएको घोषणा गरिएकोछ। उनले भने गाविस गाउँपालिका र जिविस जिल्ला
समन्वय समितिमा रुपान्तरित भएका छन् ।’

हिजोसम्म एउटा ठेगाना बताइरहने नागरिक
शुक्रबारदेखि नयाँ ठेगाना बताउने भएका छन् ।
उनीहरुले अञ्चल र जिल्ला भन्दा पनि फलानो गाउँपालिका वा नगरपालिका भनेर आफ्नो परिचय दिनेछन् ।