बारा , फागुण २९ ,  श्रीकान्ता कुमार गुप्ता
जिल्ला बाराको अधिकांश आयल निगमहरुमा मुल्य सुची राखिएको छैन ।

जिल्ला प्रशासन कार्यालय भित्री रहेको बजार निरिक्षण समिति निष्क्रिय भएको हुनाले जिल्ला भित्री   अधिकांश आयल निगमहरुमा मूल्य सुची राखिएको छैन

दैनिक उपयोग पेट्रोल, डिजेल, मट्टीतेल, बिक्री हुने खुद्रा तथा थोक बिक्रेता लगाएत अन्य आयल निगहरुमा मूल्यसुची  छैन । केहीमा छ ।भने तेलको मुल्य उलेख नगरी मात्र बिवरण उल्लेख छ।

मूल्य थाहा नभई उपभोक्तहरुले आयल निगममा दैनिक उपयोग हुने मट्टीतेल, डिजेल, पेट्रोल एक सय दुई सय पाँच सय, सात सय र एक हजार रुपैया  गरी तेल खरिद गर्दा उपभोक्तहरु मार्कामा परिरहेको उपभोक्त राजकुमार प्रसाद बताए ।

महा गढीमाई नगरपालिका कोलभी नगरपालिका सिमौनगढ नगरपालिका त्यस्तै गरी सिमरा नगरपालिका गढीमाई नगरपालिका र निजगर नगरपालिका यी नगरपालिक भित्रि रहेका आयल निगमहरुमा र जिल्लाको अन्य ठाउँमा रहेका आयल निगममा मूल्यसुची बिना तेल  ब्यवसायीकहरुले पेट्रोल पम्प  सञ्चाल गरिएको छा

नेपालको नयाँ सविधानमा उपभोक्ता संरक्षण एन २०५४ मा आयल निगममा अनिवार्य रुपले तेलको किसिमको मूल्यसुचि राख्नु पर्ने  प्रवधान गरिएको छ । तर प्रवधानलाई अटेर गर्दै यहांका आयल निगम ब्यवसायीकहरु मुल्यसुची राख्नबाट पन्छिरहेको छ।

बारामा बजार अनुगमन र मुल्यसुचीको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बिजय नरायण मानन्द केही प्रक्रिया नदिकन यसपछि नयाँ समिति चयन गरी बजार अनुगमन हुनेछा                         

आयल निगम ब्यवसायीकहरुले मौकाको फाइदा उठाउदै दैनिक उपयोग हुने तेल पदार्थहरुमा मनमानी मूल्य थपी बिक्री गरिरहेको उपभोक्त दिनेश प्रसाद यादवले जनाउनु भएको छा

दैनिक उपयोग तेल पदार्थको माग बढी हुन्छा मुल्यसुची भए उपभोगताहरु ठगिनबाट बन्चित हुन्थे उनले भने , उपभोक्तको संरक्षण एनमा पटक पटक हेर्दा मुल्यसुची नराखेको ब्यवसायीक माथी अदालतमा मुदा दयारा गर्ने प्रवधान छा बारामा हाल सम्म यसको आधारमा कुनै पनि आयल निगम ब्यवसायक माथि मुदा दयारा वा करवाही भएको छैन