जनकपुर - पुस - ३ - नेपाली काँग्रेस मधेश प्रदेशको भोली देखि हुन लागेको पहिलो प्रदेश सम्मेलनको आवश्यक सम्पूर्ण तयारी पुरा भएका छन ।
प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले नेपाली काँग्रेसको जन्म मधेशबाट भएको हुँदा मधेश प्रदेशमा नेपाली काँग्रेसको उपस्थिति उत्साहपूर्वक हुनमा विश्वास व्यक्त गरे ।
अहिले जताततै संघियता माथि प्रहार भईरहदा संघियता विरोधी ताकतलाई मधेश प्रदेशमा ,भोली देखि हुन गईरहेको प्रदेश सम्मेलनबाट पाखा लगाउने उदघोष गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ नेपाली काँग्रेसले जस्तो सुकै अवस्थाको सामना गर्न तयार रहेको स्पष्ट पारे् ।
संघियतालाई कार्यान्वयन गराउदै जनताहरुमा संघियता प्रतिको सकारात्मक सोच बढाउने, संघियता विरोधी ताकतहरुलाई तह लगाउने्, मधेश नेपाली काँग्रेसको आधार क्षेत्र हो भन्ने जगजाहेर गराउन मधेश सम्मेलनले धेरै हद सम्म दिशानिर्देश गर्ने समेत उनले भने ।
संघिय सरकारले मधेश प्रदेशलाई कानुन ऐन निर्माणमा बाधा उत्पन्न गर्दै हक अधिकारबाट बंचित गराउदै आइरहेको हुँदा संघिय सरकारलाई धक्का दिनका लागि समेत यो सम्मेलनले निकै भुमिका खेल्ने बताए । संचारकर्मीहरुको प्रश्नको जवाफमा पार्टीको हितलाई ध्यानमा राख्दै संयमित भएर अधिवेशनलाई सम्पन्न गराउने तर्फ ध्यान दिनुस झिनामसिना कुराहरु गरेर समय नखर्चिन उनले आग्रह गरे ।
नेपाली काँग्रेसका मधेश प्रदेशका महामन्त्री वृहस्पत्ती कृष्ण श्रेष्ठले सम्मेलनमा प्रस्तुत हुने राजनीतिक, साँगठनीक र आर्थिक प्रतिवेदन संशोधन सहित पारित गरिएको छ । प्रथम प्रदेश सम्मेलन उदघाटनका लागि पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति प्रमुख अतिथि, केन्द्रीय उपसभापति महामन्त्री, सहमहामन्त्री लगायतका केन्द्रीय सदस्यहरु उपस्थित हुने ।
पुस ५ गते उदघाटना सत्र र पुस ६ गते बन्दख सत्रको तयारी पुरा भइसकेको छ तथा पुस ५ गते हुने उदघाटन सत्रमा मधेश प्रदेशको आठै जिल्लाबाट नेता तथा कार्यकर्ताहरु उत्साहका साथ हजारौंको संख्यामा सहभागी हुने तथा बन्द सत्रमा ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने महामन्त्रीको प्रतिवेदनमा उल्लेख गरिएको नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
सो पत्रकार सम्मेलनमा नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंह, प्रदेश साँसद नागेन्द्र साह सहितका नेपाली काँग्रेस मधेश प्रदेश कार्यसमिति लगायत नेपाली काँग्रेसका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।( समाचार स्रोत तराई टप )

0 Comments