बारा - असोज - १४ - नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले देश विकासका लागि कृषि पर्यटन कोरिडो र मूल आधार रहेकोे बताउनु भएको छ ।
पहिला भन्दा अहिले पर्यटकको आगमनमा वृद्धिसँगै देशको अर्थतन्त्रमा पनि यसले टेवा पुयाएको छ ।देशको अर्थतन्त्र उकालो लाग्ने क्रममा रहेको छ । यस सँगै कृषि आधुनिकीकरणले समेत देशको अर्थतन्त्रमा ठूलो योग्दान दिँदै आएको हुनाले सरकारले कृषि क्षेत्रमा ध्यान पुर्याएको छ ।उखु किसानहरुको समस्या समाधान भइसकेको बताउँदै उहाँले उनीहरुले सरकारबाट पाउने अनुदान समेत कृषि मन्त्रालयमा पठाइसकिएको बताउनु अर्थ मन्त्री प्रकास शरण महतले बताउनु हुन्छ ।तर के कुन कारणले उनीहरुले अहिलेसम्म रकम नपाएको बारे आफूले यस बारेमा जानकारी लिने उहाँले बताउनुभयो ।बारामा थप भंसार संचालन गर्न गराउन अनुगमन टोली बनाइने र अनुगमन टोलीले दिएको सुझाव अनुसार बारामा मात्र होइन अरु जिल्लामा जहाँ जहाँ आवश्यकता छ थप भंसार संचालन गर्न गराउन आफूले पहल गर्ने उहाँले जानकारी दिनुभयो ।
आम बुवाले आफ्नो छाक कटौती गरेर छोरा छोरीलाई पठाए लिखाएर अमिरका अस्ट्रेलिया क्यान्डा लागाएत अन्य देशमा पठाउने गर्छन तर त्यही आमाबुवाले बृद्धअबश्थामा अरुसंग मागेर खाने अवस्था रहन्छ । तर छोराछोरीले आमाबुबासंग कुनै अवस्था रहदैन बाराको हरेक पालिकामा बृद्धाआश्रमको स्थापन गर्नु अवस्यक्ता रहेको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएको छ ।
संजीवनी वाटिका वृद्धाश्रमको उद्घाटन साम्रोहमा अध्यक्ष एवं नेपाली काँग्रेसका सहमहामन्त्री फर्मूल्लाह मंसुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका मधेस प्रदेशका उपसभापति चन्दशेखर यादव ,बारा क्षेत्र नम्बर ४ क का प्रदेश सभा सदस्य देवनारायण चौधरी, महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव, सिमरौनगढका पूर्ब नगरप्रमुख बिजयशंकर यादव, कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह, आदर्शकोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर प्रसाद, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रहरी उपरिक्षक सुरेश प्रसाद काफले लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन मेघा शाहीले गर्नु भएको थियो ।


0 Comments