बारा-भाद्र - १९ - बारामा अपराधी गतिविधि भन्दा बढी गाउँको अराजक तत्वहरुले गाउँ घरमा बढी आतंक मचाएको जिल्ला प्रहरी कार्यालय बाराको उपरीक्षक होबिन्द्र बोगटीले बिदाई कार्यक्रम तथा प्रतिक्षालय उद्घाटन कार्यक्रममा बताउनु भएको छ ।
बाराको बिश्रामपुर गाउँपालिका वडा नं १ छातावा इलाका प्रहरी कार्यालयमा बिश्रामपुर गाउँपालिका र फेटा गाउँपालिकाले सयूक्त रुपमा आयोजना गरेको बिदाई तथा प्रतिक्षालय उद्घाटन कार्यक्रममा बारामा गाउँ घरका अराजक तत्वहरुले बाठो सोझा साझा जनतालाई गाउँ कै अराजक तत्वहरुले झगडा लगाउने मुदा गराउने र दुबै पक्षबाट पैसा असुल्नेको संख्या बढी देखिएको उपरीक्षक होबिन्द्र बोगटीले बताएको हो ।गाउँ समाजमा अराजक तत्वहरुका कारण दिनहुँ अपराध बढी रहेकोछ महिला हिंसा ,बलात्कार ,हत्या, चोरी तस्करी ,जस्ता दिनहुुँ घटना घटिरहेका छन ।यी सबैको कारण समाजका अराजक तत्वहरु हुन उनीहरुबाट बच्नको लागि सधैं सतर्कता अपनाउन जरुरी छ ।र उनको विरुद्धमा प्रमाण पेस गरेर करवाही गराउन जरुरी रहेको भन्दै बोगटीले बिश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अली भुटो र फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारीलाई गाउँपालिकामा शिक्षा स्वास्थ , भौतिक पूर्बधार कृषि क्षेत्र र सुरक्षालाई प्राथमिकतामा राखेर बिकास गर्न आग्रह गरेको हुन ।
छातावा इलाका प्रहरी कार्यालयको इन्चार्ज श्यामबाबु यादवले प्रतिक्षालय निर्माणका लागि आम जनता सर्बसधारण र जनप्रतिनिधिसंग आर्थिक सहयोगको माग गरेर प्रतिक्षालयको निर्माण गराएर आज उपरीक्षक बोगटीसंग उद्घाटन गराएको छ ।बिश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अली भुटो र फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले उपरीक्षक बोगटीलाई फुलमाला र गामछा ओढाएर भब्यका साथ बिदाई गरेका छ्न ।


0 Comments