बारा-२९ सावन -  महागढीमाई नगरपालिकामा आँखा रोगी बिरामीको संख्यामा थप वृद्धि हुँदै गएपछि महागढीमाई नगरपालिकाले आँखा चेक जाँच केन्द्रको संचालन गरेका छन । 
महागढीमाई नगरपालिका वडा नं २ वडा अध्यक्ष बिश्वनाथ कुशवहाको अध्यक्षतामा प्रमुख अथिती महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादव द्वारा  आँखा चेक जांच केन्द्रको उद्घाटन गरिएको हो ।महागढीमाई नगरपालिकामा  आँखा पाक्ने (कन्जनिट भाइटिस) रोगीको संख्यामा दिन प्रती दिन वृद्धि हुँदै गएपछि बिरामीहरुले आँखा चेक जांच गराउनको लागि मोटो रकम खर्च गरेर कलैय ,बिरगज परवानीपुर केडीया अस्पताल र  काठमान्डौंको विभिन्न अस्पतालमा सास्ती खेपेर जानु पर्ने बाध्य भएको गुणासो बढेपछि आँखा चेक जाँच केन्द्र संचालनमा आएको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएको छ ।चेक जांच आँखा केन्द्रमा ,नि:शुल्क चेक जांचको साथै नि: औषधि  बितरण गरिएको र आउदो समयमा आँखा चेक जांच केन्द्रको छुट्टै भवन क्रमचारी र डाक्टरको ब्यवस्थापनको लागि कार्यविधि विधि बनिरहेको नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएका छ्न । 
महागढीमाई नगरपालिकामा आँखा चेक जांच केन्द्र आज देखि संचालनमा आएपछि करिब दुई सय भन्दा बढी आँखाका बिरामीहरुले चेक जांच गराएर नि: शुल्क औषधि लिएकोछ ।नगरमा आँखा चेक जांच केन्द्रमा आँखा पाक्ने रोग देखि लिएर आंखाको विभिन्न समस्या चेक जांच  हुने भएको कुरा सुनेर आंखाका बिरामीहरु लाई राहत भएको स्थानीयले बताएको छ ।

बारा जिल्लाको अधिकांश पालिकाले एक बर्षमा बिकासको नाममा करोडौं रुपैयाको बजेट खर्च गरिरहेछ ।तर आँखा अस्पताल नहुदा आंखाका बिरामीहरुले चेक जांचका लागि सहर तिर जान बाध्य छन ।