बारा -असाढ - १८ गुरुपुर्णिको शुभ अवसरमा पतंजली योग समितीले आयोजना गरेको कार्यक्रमलाई महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव र उनकी पत्नी अनिता देबी यादवले पुजा पाठ गरि कार्यक्रमलाई सम्बोधन गरेका छन । 
नगरप्रमुख उपेन्द्र यादवले कार्यक्रमलाई सम्बोधन गर्दै मानव जीवनलाई चुस्त तन्दुरुस्त र स्वस्थ्य राख्नको लागि योगले महत्त्वपूर्ण भुमिका खेल्छ । केही रोग यस्ता छन कि औषधबाट निको हुदैन बिहान र बेलुका योग गर्दा निको हुन्छ । योगले व्यक्तिको तनाव कम गर्न मात्रै नभएर मन र मस्तिष्कलाई पनि शान्त बनाउँछ ।यसका लागि योग प्रशिक्षकसँग अन्तरक्रिया गरेर नियमित रूपमा योग गर्न जरुरी रहेकोछ ।योग संगठनका अनुसार योगले स्ट्रेचिङ र श्वासको माध्यमबाट शरीरको विशाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ भने शरीरमा रक्तसञ्चार सन्तुलनमा राख्दछ । 

जोर्नी, हड्डी तथा मांसपेशीलाई लचिलो एवं मजबुत बनाउन र मस्तिष्कलाई शान्त राख्न पनि योगको भूमिका रहेको नगरप्रमुख यादवले बताए ।