बारा- असाढ - १७ - स्थानीय तथा शहरी बिकास केन्द्रले आयोजना गरेको कक्षा १ देखि कक्षा ३ सम्मका अभिभावकलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । 
सुवर्ण गाउँपालिकाको सहयोगमा स्थानीय तथा शहरी बिकाश केन्द्रले सुवर्ण गाउँपालिका वडा नं २ अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय कवहीगोठमा आइतबार बिहान १० बजे कक्षा १ देखि ३ सम्मका अभिभावकलाई सम्मान कार्यक्रमको उदघाटन गाउँपालिका उपाध्यक्ष पुनम कुमारीले गरेकीछिन । कार्यक्रममा कक्षा १ देखि ३ सम्मका २५ भन्दा बढी अभिभावकलाई फुलमाला र दोसल्ला ओढाए्र सम्मा गरेकीछिन ।सुवर्ण गाउँपालिका अन्तगत पर्ने बिभिन्न सामुदायिक बिधालयबाट बिद्यार्थीले पढेर नेपालको विभिन्न पद सम्म पुगेको बताउछिन । निजी बिधालयमा पढेका बिद्यार्थी भन्दा सामुदायिक बिधालयमा पढेका बिद्यार्थीलाई कुनै क्षेत्रमा सरकारले बढी प्राथमिकता दिएकोछ ।  त्यसै आफ्नो छोरा छोरीलाई सामुदायिक  बिधालयमा पठन पाठन गराउन उनले आग्रह गरेकीछिन
बिशिस्ट अतिथिको रुपमा उपस्तिथि रहेका सुवर्ण गाउँपालिकाका जुझारु यूवा नेता सतेन्द्र यादवले  बालबालिकाको प्रथम गुरु अभिभावक हो दोस्रो गुरु बिधालयको शिक्षक हुन ।आधारभुत ज्ञान बोल्ने  चल्ने अरुसंग कुरा गर्ने अरुलाई मानसम्मान गर्ने यी सबै ज्ञान अभिभावकले दिने गरिन्छ । आफ्नो बालबालिकालाई  बिधालयमा प्रतेक दिन पढनको लागि पठाउनु पर्छ ।बिधालयमा शिक्षकले के पढाएकोछ ।बालबालिकाले होम ओर्क बनाएको छ । कि छैन ।बिधालयमा शिक्षक समयमा उपस्थिति भएको छ । कि छैन यदी छैन भने गाउँपालिकाको शिक्षा शाखामा जनकारी गराउन आग्रह गरेका छन । 

नेपाली कांग्रेसका नेता श्यामबाबु यादव अध्यक्षता भएको कार्यक्रममा सुवर्ण गाउँपालिका वडा नं २ का वडा अध्यक्ष रंजीत यादव ,वडा सदस्यहरु , नेपाल राष्ट्रिय माध्यमिक बिधालय कवहीगोठका प्रधानाध्यापक , सहायक प्रधानाध्यापक , समाजसेबी पत्रकार मित्रको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन श्री चन्द्र चौरसीयाले गरेको थियो ।